ghar sansar

बढ्दो तस्करी

कञ्चनपुर जिल्ला भारतसँग लामो सीमा जोडिएको जिल्ला हो । जिल्लाको दक्षिणी भेग पुरै भारतसँग जोडिएको खुला सीमाना छ । खुला सीमानाका कारण भारतबाट अवैध रुपमा चोरी तस्करी पनि हुने गरेको छ । यहा“का विभिन्न खुला नाकाबाट व्यापारिक प्रयोजनका लागि भारतबाट सामानको अवैध आयात हुँदै आएको छ । सीमावर्ती भारतीय बजारबाट तस्करी गरेर आउने सामानहरु यहा“का विभिन्न बजारमा पुग्ने गर्छ । पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढेको छ । सुरक्षाकर्मीको उपस्थितिले अवैध आयात केही रोकिएको भनिए पनि सेटिंगका आधारमा हुने तस्करी अहिले पनि उस्तै छ ।

कतिपय ठाउ“मा प्रहरीस“गको मिलेमतोमा तस्करी हुने गरेको आरोप लाग्दै आएको छ । अवैध रुपमा हुने चोरी तस्करीका कारण सरकारले राजस्वसमेत गुमाउने गरेको छ । राजस्व संकलन कम हुनुमा चोरी निकासी पैठारी नै मुख्य कारण हो । भारतबाट विभिन्न नाका प्रयोग गरेर व्यवसायीहरुले व्यपारको लागि सामान ओसार्ने गरेका छन् । यसरी भन्सार छलेर भित्रियका सामानहरु बजारमा जताततै पाइन्छ । केही सामान भन्सार कर्मचारीको मिलोमतोमा आधा जति सामानको बिल काटने र आधा सामान त्यतिकै पठाउने गरेको पनि पाइन्छ । यसले भन्सारको राजस्व गुम्दै आएको छ । भन्सारमा मिलेमतोमा सामानको कम मूल्यांकन गरेर आयात हुने गरेको पनि आरोप लाग्ने गरेको छ । खुला सीमानाबाट अवैध रुपमा हुने आयात र भन्सारमा गरिने न्यून मूल्यांकनजस्ता कार्य रोकेर राजस्व चुहावट नियन्त्रण गरिनुपर्छ ।

चुवाहट नियन्त्रण गर्न सके सरकारको राजस्व संकलनमा वृद्धि गर्न सकिन्छ । प्रहरीले दिनहु जसो कही न कहीबाट यसरी तस्करी भइरहेको सामान वरामद गर्दै आएको छ । व्यवसायीहरुलाई रातारात धनी बन्नु छ, मजदुरहरुलाई पेट पाल्नु छ र कर्मचारीलाई आप्mनो चइानलसम्म कमिहन दिनु छ । त्यसैले समग्रतामा सबैको मिलोमतोमा तस्करी हुन्छ र राजश्व कम उठछ । केही समय अघि यहाका व्यवसायीहरुका गोधाममा छापा परेको थियो र सबै सामानहरु भन्सार भएरै आएको सामानहरु थियो । खुला सीमानाका कारण लुकिछिपि हुने चोरी तस्करीलाई प्रहरीले नियन्त्रण गर्न दैनिक रुपमा मालसामान पक्राउ गर्दै आएको छ । तर भन्सारमा मिलेमतोमा सामानको कम मूल्यांकन गरेर आयात हुने सामान समेत प्रहरीले पक्राउ गरेका घटनाहरु छन् ।

यसले के सन्देश दिने गरेको छ भन्सार कार्यालयहरुले जबाफ दिन सक्नु पर्दछ । अहिले मुलुकको आर्थिक अवस्था एकदमै नाजुक रहेको छ । विश्वव्यापी रूपमा चलिरहेको आर्थिक मन्दी र सात प्रदेशबाट भैरहेको अनावाश्यक खर्च र राजस्व छलीका कारण मुलुकको आर्थिक अवस्था नाजुक बनेको हो । उद्योग तथा व्यापार व्यवसाय दिनप्रतिदिन खस्किँदै गएको छ । विभिन्न नियामक निकायहरूको नियन्त्रणात्मक नीतिका कारण उद्योगी व्यवसायी आक्रान्त छन् । सीमा पारीबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न सशस्त्र र नेपाल प्र्रहरीकडा रुपमा प्रस्तुत भएको देखिएको पाइन्छ । प्रहरी एकैले जति प्रयास गरे पनि तस्करी राक्न सम्भव छैन । त्यसैले हरेक निकायहरुमा देखिएको आर्थिक अनियमितता चुहावट रोक्न सक्नु पर्दछ ।

Himal dental
सम्बन्धित
Loading...