ghar sansar

भीमदत्तमा एडिबीको सडक निर्माण गञ्जागोल, मेयर काठमाडौं मस्त, उप मेयर भाषणमै व्यस्त, नगर प्रवक्ता गुनासो सुनेर हैरान

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका १८ कटान सरस्वती टोलमा एक महिनादेखि रोकिएको सडक निर्माण कार्य सञ्चालनका लागि स्थानीय पटक पटक नगरपालिका पुगेका छन् ।

एशियाली विकास बैंक (एडिबी) ऋण अनुदान सहयोगमा निर्माणाधिन सडक सरस्वती टोलमा गत महिनामा भीमदत्तका मेयर पदम बोगटीको निर्देशनमा कन्सलटेन्सीका इन्जिनियर गिरीश चन्दले निर्माण कार्य रोक्का गरेका थिए ।

,orning glory badhai

गत वर्ष सडकको पूर्वी र पश्चिमी क्षेत्रमा सडक निर्माण सुरु भएर बिचको एक सय मिटर छाडिएको थियो । पूर्वी क्षेत्रमा ढल सहित सडक निर्माण कार्य भई सकेको छ । पश्चिम क्षेत्रमा नारद पाण्डेयको घरदेखि सडक निर्माणका लागि ढल निर्माण गरिएको थियो । ठेकेदार कम्पनीले बिचको एक सय मिटर सडक निर्माणका लागि गत महिना सुरु गरेपछि नाली खनेर निर्माण कार्य रोक्का गरिएको थियो ।

कन्सलटेन्सीका इन्जिनिययर चन्दले भीमदत्तका मेयर पदम बोगटीको आग्रहमा सडक निर्माण रोकिएको वासिन्दालाई जानकारी गराएका थिए । टोलका वासिन्दा सडक निर्माण सञ्चालनका लागि भीमदत्त नगरपालिका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी, एडिबीको कन्सलटेन्सी, वडा कार्यालय, भीमदत्तका नगर प्रवक्ता र ठेकेदार कम्पनीसम्म पुगेका छन् ।

बुधबार पनि उनीहरुले नगरपालिका कार्यालय आएर भीमदत्तका नगर प्रवक्ता पदम अवस्थीलाई भेटेका छन् । स्थानीय गजेन्द्र बिक्रम थापा सहितका उनीहरुले सडक निर्माण सञ्चालन गर्न दबाव दिएका छन् । नगर प्रवक्तासित छलफल हुँदा कार्यकक्षमा पुगेकी नगर उप प्रमुख निलम लेखक जोशी केही नबोली बाहिरिएकी थिइन् । उनी नगर प्रवक्ता अवस्थीलाई महाकाली नदीको अनुगमनका लागि बोलाउन कार्य कक्ष प्रवेश गरेकी थिइन् ।

भीमदत्तका उप मेयरलाई नगर क्षेत्रको विकास निर्माण अनुगमन गर्ने जिम्मा छ । उप मेयर जोशीको वडामा एक महिनादेखि सडक निर्माण रोकिँदा उनी चुपचाप बसेकी छन् ।

भीमदत्तका मेयर बोगटीले भने स्थानीयलाई आफूले सडक निर्माण स्थलमा आउन नसक्ने जानकारी गराएका छन् । मेयर बोगटीका आफन्त काँग्रेस नेताको दबावमा उनले निर्माण रोक्का गर्न लगाका थिए । काँग्रेस महासमिति बैठकमा गएका मेयर बोगटी अहिलेसम्म फर्किएका छैनन् । उनी आइतबार मात्रै नगरपालिका आउने भएका छन् । उप मेयर जोशीले विद्यालयका वार्षिकोत्सव सहितका औपचारि कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।

dirghayi clinic

उप मेयर जोशीलाई सडक निर्माण स्थलमा आउन स्थानीयले पटक पटक आग्रह गरेका छन । टोलका वासिन्दा थापाले उप मेयरलाई आउन आग्रह गर्दा विभिन्न वहाना गरेर छल्ल खोजेको बताए । ‘यो सडकको निर्माण रोकेपछि धेरै पटक आउन भन्यौ, कहिले के, कहिले के भनेर बहाना गरिएको छ’ उनले भने ।

गत महिना थापाका घरको गेटसम्म नाली खनेपछि निर्माण रोकिएको थियो । थापा सहितका स्थानीयको पर्खाल भत्काउनु पर्ने नियत राखेर केही स्थानीयले सडक निर्माण रोक्का गर्न लगाएका हुन् ।

आफ्नो घर अगाडिका सडक निर्माण भएपछि उनीहरुले सडक निर्माणको मापदण्ड अनुसार ८ मिटर हुनु पर्ने माग राखेर नगरपालिका र प्रशासन कार्यालयमा निवदेन दिएका छन् । उनीहरुको घर अगाडि भने मापदण्ड मिचेर सडक निर्माण गरिएको छ ।

उनीहरुले सडक निर्माण कार्य अघि बढाउन नगर प्रवक्ता अवस्थीलार्ई आग्रह गरे । ‘यता र उता दुबैतिर सडक बनेको छ, बिचमा मात्रै बन्न सकेको छैन, छिटो भन्दा छिटो सडक बनाई निर्माण अघि बढाई दिनु प¥यो’ थापाले भने,‘विना कारण काम रोकिनु राम्रो भएन ।’

पूर्व र पश्चिमबाट बनाइएको सडकको चौडाई ७ दशमवल ६० मिटरसम्म चौडाई सडक बनाएपछि थापाको घर नजिक मात्रै मापदण्ड खोजिएको छ । केही दिन अघि नगरपालिकाले प्राविधिक पठाएर सडक नापजाँच समेत गरेको थियो ।

‘मापदण्ड अनुसार बनाउनु पर्ने थियो, सुरुमा ८ मिटर हुनु पर्ने हो, तर भएन, त्यो भन्दा कम नै छ, अहिले आएर बिचमा मात्रै मापदण्ड खोज्नुको कारण के होला, बुझि सक्नु छैन’ थापाले भने ।

टोलका वासिन्दा रन सिह भण्डारीले बुधबार नगर प्रवक्ता अवस्थीलाई सहरी विकासले निर्माणका लागि चिठी पठाई सकेको बताए पनि अझै काम सुरु हुन नसकेको बताए ।

टोलका वासिन्दासित भेटमा उनीहरुको कुरा सनुेपछि सडक निर्माण कार्यका लागि पहल भई रहेको बताए । उनले कुराकानीका क्रममा कन्सलेन्टका प्राविधिकलाई फोन गरे । नगर प्रवक्ता अवस्थीले कन्सलेन्टका इन्जिनियर चन्दले पछिल्लो समय फोन उठाउन छाडेको बताए ।

‘चिठी आई सकेको भनेका छन्, मैले पनि फोन गरे, हुन्छ भनेको छ’ उनले भने,‘कन्सलटेन्टका इन्जिनियरले चन्दले मेरो फोन उठाउन छाडेका छन्,अरुसित कुरा हुँदा हुन्छ भनेका छन् ।’

Himal dental
सम्बन्धित
Loading...