ghar sansar

एकीकृत ट्रेड यूनियन महासंघ नेपालको सुदूरपश्चिम अध्यक्षमा चौधरी चयन

little buddha academy
khasi

महेन्द्रनगर । एकीकृत ट्रेड यूनियन महासंघ नेपाल (आइसीटीयु) को सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा राम प्रसाद चौधरी चयन भएका छन् । कैलालीको धनगढीमा समपन्न भेलाबाट चौधरीको अध्यक्षतामा प्रदेश कमिटी चयन गरिएको छ ।

कमिटीको सचिवमा जय नेगी र सदस्यहरुमा रोशन शाही, दिनेश सिंह, दान बहादुर बोगटी, दिपु राम हुम्ली, धर्म सिंह महरा, दत्त राम अवस्थी र चन्द प्रकाश पन्त चयन भएका छन् ।

,orning glory badhai
dirghayi clinic

यूनियनका निवर्तमान प्रदेश अध्यक्ष एबम् एकीकृत समाजवादीको श्रम तथा रोजगार विभाग सह इन्चार्ज बिष्णु लम्सालको अध्यक्षतामा गरिएको कार्यक्रममा समाजवादीका स्थायी कमिटी सदस्य उर्वादत्त पन्त प्रमुख अतिथि थिए ।

कार्यक्रममा हर्क बहादुर सिंह लगायतले शुभकामना मन्तव्य राखे । संगठनका महासचिव दीपक पौडेलले सञ्चालन गरेको कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लाल बहादुर खड्का, कञ्चनपुर अध्यक्ष जीवन राज थापा, कैलाली अध्यक्ष बिमल कुमार जोशी, तिल बहादुर बिके लगायतका नेताहरु सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...