ghar sansar

कञ्चनपुर प्रहरीले देखायो जिल्लाभर तस्करी नियन्त्रणमा सक्रियता, दैनिक रुपमा अवैध समान बरामद

Amity

महेन्द्रनगर । कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जिल्लाभर तस्करी नियन्त्रणका लागि सक्रियता देखाएका छन् । यस अघि गड्डाचौकी नाकामा मात्रै केन्द्रित प्रहरीको तस्करी नियन्त्रण जोशीले प्रहरी कार्यालउको नेतृत्व सम्हालेपछि जिल्लाभर पुगेको छ ।

प्रहरी उपरीक्षक जोशी केही दिन अघि मात्रै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुुन् । उनले प्रहरी कार्यालय हाजिर भएको दास्रो दिनमा जिल्लाका विभिन्न स्थानमा तस्करीको चार लाख बढी मूल्यको समान बरामाद गरेका थिए ।

lotus institite

जिल्ला प्रहरी कार्यालयले त्यसपछि दैनिक जसो तस्करीको समान बरामद गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी उपरीक्षक जोशीले भारतबाट तस्करी हुने क्षेत्रलाई केन्द्रित गरी तस्करी नियन्त्रणका लागि सक्रियता देखाएका छन् ।

दोधारा चाँदनी, बेलौरी र गड्डाचौकी सहित क्षेत्रमा प्रहरीले तस्करी नियन्त्रणलाई केन्द्रित गरेको छ । त्यसका लागि उनले मातहतका सबै प्रहरी इकाईलाई तस्करी विरुद्ध सक्रिय रुपमा परिचालन गरेका छन् ।

बिहीबार इलाका प्रहरी कार्यालय बेलौरीले भुराकोटबाट भन्सार छलि आएको एक लाख २६ हजार मूल्य बराबरको समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँडीका अनुसार चिनी,तोरी र थान लगायतका छन् । ती सबै समान वेवारिेश अवस्थामा बरामद गरिएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा ती समान भेटिएका हुन् ।

बरादम समान भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ । प्रहरी उपरीक्षक जोशीले प्रहरी कार्यालयमा कार्यक्रम गरी तस्करी नियन्त्रण र लागु औषध विरुद्ध सक्रिय रुपमा लाग्ने बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...