महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले संगठन विस्तार सुरु गरेको छ । कृष्णपुरको कञ्चन बहुमुखी क्याम्पस गुलरियाबाट संगठन विस्तार सुरु गरिएको छ । कञ्चन क्याम्पसमा मनिषा बोगटीको नेतृृत्वमा २० सदस्यीय ईकाइ गठन गरेको छ ।
शुक्रबार नेपाल विद्यार्थी संघ (नेविसंघ) कञ्चनपुरका सभापति नरेश पण्डित लगायतका नेताहरुको उपस्थितीमा कञ्चन बहुमुखी क्याम्पसमा ईकाइ कार्यसमिति बिस्तार गरेको हो ।
बोगटी सभापति भएको समितिको उप सभापतिमा भावना साकी, तेज खाती, सचिवमा कविता महरा, खेम भट्ट, कोषध्यक्षमा निर्मला जोशी, सह–सचिव मिना सिंह, निता पाल चन्द सदस्यहरुमचा कृष्ण मडै, पुष्पा भट्ट, दिनेश देउवा, गिता भट्ट, आकृती बिष्ट, तुलसी चन्द, कमला भण्डारी, लोकेन्द्र वि.सी., रबेन्द्र धामी, मनिषा भट्ट, लक्ष्मी ढाट, पुष्प भट्ट र दुर्गा बोगटी खड्का चयन भएका छन् ।
कञ्चनपुरको गुलरियाबाट नेवि संघले ईकाई कार्यसमिति बिस्तार कार्य सुरु गरिएको नेविसंघ कञ्चनपुरका सभापति नरेश पण्डितले बताए ।