
महेन्द्रनगर । कञ्चनपुर प्रहरीले शुक्रबार विभिन्न मुद्दाका फरार १० प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुर र जिल्ला प्रशासन कार्यालयले दोषी ठहर गरेका अभद्र व्यवहार र कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा अभद्र व्यवहार मुद्दामा ६ जना छन् । अन्य सबै कुटपिट मुद्दाका फरार प्रतिवादी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले उनीहरुलाई घर ठेगनाबाट पक्राउ गरिएको जानकारी दिएका छन् । उनले पक्राउ गरिएका सबैलाई अदालत र प्रशासन कार्यालयमा पेश गरिएको बताए ।
