एमालेका वडा कमिटी अध्यक्ष नै महिला कोटामा अधिवेशन प्रतिनिधि

Amity

महेन्द्रनगर । नेकपा एमालेका वडा कमिटी अध्यक्ष महिला कोटाबाट नवौ अधिवेशनका लागि जिल्ला प्रतिनिधि चयन भएका छन् । भीमदत्त नगरपालिका ११ बाट वडा कमिटी अध्यक्ष गीता ओली महिला कोटाबाट प्रतिनिधि आएकी हुन् ।

भीनपा ११ बाट ओली र खुलामा परशुराम पन्त प्रतिनिधि आएका छन् । उनीहरु दुबै जना सर्वसम्मतिका आधारमा प्रतिनिधि चयन गरिएका हुन् । एमालेको आठौं जिल्ला अधिवेशन अघिदेखि ओली एमाले वडा कमिटी अध्यक्ष छन् ।

janjyoti campus

एमालेको नवौ जिल्ला अधिवेशन चैत १ र २ गते हुँदैछ । अधिवेशनका लागि शनिबार कञ्चनपुरका सबै ९२ वडामा प्रतिनिधि छनौट भई रहेको छ । प्रतिनिधि चयन भएपछि वडा कमिटी अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकबाट धन्यवाद व्यक्त गरेकी छन् ।

सबै वडाबाट खुला, महिला, युवा र आदिवासी जनजाति तथा पालिका स्तरबाट दलित प्रतिनिधि अधिवेश चयन गर्न लागिएका छन् । वडा भूगोलबाट प्रतिनिधि चयन भएपछि जनंसगठनबाट प्रतिनिधि छनोट हुने कार्य तालिका बनाइएको छ ।

एमालेको नवौ जिल्ला अधिवेशनका लागि ५ सय प्रतिनिधि चयन गरिने छन् । यस अघि २०७८ मा आठौं जिल्ला अधिवेशन भएको थियो ।

एमाले अध्यक्ष केशपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्नेछन् । खुला मञ्चमा अधिवेशन उद्घाटन गर्ने गरी अधिवेशन तयारी अघि बढाइएको छ ।

ghar sansar
सम्बन्धित
Loading...