महेन्द्रनगर । पुर्चौडी समाज कञ्चनपुरको प्रथम वार्षिक साधारण सभाबाट तदर्थ समितिका अध्यक्ष बिरेन्द्र बहादुर ऐरलाई अध्यक्षमा निरन्तरता दिएको छ । जिल्ला समन्वय समितिको सभा कक्षमा गरिएको साधारण सभाबाट ऐरको अध्यक्षतामा समाजको जिल्ला समिति चयन गरिएको छ ।
भीमदत्त नगरपालिका १० तिल्केनीका ऐरको अध्यक्षतामा गत वर्ष तदर्थ समिति गठन गरिएको थियो । शनिबार एक वर्षपछि ऐरको अध्यक्षतामा समाजको समिति चयन गरिएको छ ।
समाजको उपाध्यक्षमा माया नेगी, सचिव दल बहादुर नेगी, कोषाध्यक्ष कर्ण बहादुर विष्ट, सह सचिव देवराज भट्ट चयन भएका छन । समितिमा गंगा विष्ट(नेगी), नारा जोशी, अम्मर बहादुर विष्ट, दशरथ धानुक, हरिजित जोशी र नरेश तिरुवा सदस्य छन् ।
पूर्व प्रशासक प्रेम सिँह कुबरको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ । समाजका अध्यक्ष ऐरको अध्यक्षतामा गरिएको कार्यक्रममा समाजका सल्लाहकार एबम् पूर्व प्रशासक शंकर बहादुर विष्ट विशिष्ठ अतिथि थिए । विष्टको अगुवाइमा गत वर्ष समाज गठन गरिएको थियो ।
प्रजातिले नेगीले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन प्रकाशदत्त जोशीले गरेका थिए । कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी भीम बहादुर साउँद, कबड्डीका पूर्व राष्ट्रिय प्रशिक्षक तारा सिह भाट, माया नेगी लगायतले समाजका अगुवाले शुभ कामना मन्तव्य राखेका र्थि । कार्यक्रममा समाजले ७३ जना आजीवन सदस्यलाई सम्मान गरेको छ ।