महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशनका लागि भीमदत्त नगरपालिकाका सबै वडाबाट ४४ जना अधिवेशन प्रतिनिधि चयन भएका छन् । भीमदत्तका १९ वडाबाट ४१ र दलित क्लस्टरबा तीन जना अधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
एमालेका भीमदत्त नगर इन्चार्ज जनकराज अवस्थीले सबै वडा र दलित क्लस्टरमा सर्वसम्मत अधिवेशन प्रतिनिधि चयन भएको जानकारी दिए ।
भीमदत्त नगरपालिका १८ बाट सबैभन्दा बढी चार जना अधिवेशन प्रतिनिधि चयन भएका छन् । सबै वडाबाट कम्तीमा २ जना अधिवेशन प्रतिनिधि चयन भएका छन् ।
भीमदत्त १८ बाट विष्णु कँडेल, विवेक भट्ट, चन्द्र खडयत र लहानु चौधरी प्रतिनिधि भएका छन् । उनीहरुमा खडायत महिला र अन्य खुल्लाबाट प्रतिनिधि भएका हुन् ।
भीनपा १ बाट गगन कार्की र चन्द्रा चौधरी प्रतिनिधि चयन भएका छन् । कार्की खुला र चौधरी महिलाबाट प्रतिनिधि भएका हुन् ।
हरि प्रसाद जोशी र नर्मला जोशी भीनपा २ बाट प्रतिनिधि भएका छन् । उनीहरुमा हरि प्रसाद खुला र नर्मदा महिलाबाट प्रतिनिधि भएका छन् ।
भीनपा ३ बाट खुलामा डबल बहादुर सिह र महिलामा देबकी विष्ट प्रतिनिधि बनेका छन् । तेज मल्ल र लिजा विष्ट भीनपा ४ बाट अधिवेशन प्रतिनिधि भएका छन् । मल्ल २०७९ को स्थानीय तह निर्वाचनमा भीनपा ४ मा वडा अध्यक्षमा चुुनाव लडेका थिए ।
भीनपा ५ बाट दिनेश पाल र निर्मला ऐर प्रतिनिधि भएका छन् । पाल खुला र ऐर महिलाबाट प्रतिनिधि बनेका हुन् ।
राजाराम नागरी र गीता जोशी भीनपा ६ बाट प्रतिनिधि भएका छन् । नागरी खुला र जोृशी महिलाबाट प्रतिनिधि चयन भएका छन् ।
भीनपा ७ बाट खुला राज बहादुर चन्द र महिलामा जयन्ती भट्ट प्रतिनिधि चयन भएका छन् ।
भीमदत्त नगरपालिका ८ का पूर्व वडा अध्यक्ष ध्वज बहादुर विष्ट भीनपा ८ बाट प्रतिनिधि भएका छन् । उनीसंगै पूर्व वडा सदस्य खगेन्द्र विष्ट र गीता धानुक प्रतिनिधि चयन भएका छन् । विष्टद्वय खुला र धानुक महिलाबाट प्रतिनिधि छानिएकी हुन् ।
भीनपा ९ बाट नरेन्द्र कार्की र जानकी साउँद प्रतिनिधि बनेका छन् । हिरा चन्द र दिपा बडु भट्ट भीनपा १० बाट प्रतिनिधि भएका छन् । चन्द नवौ अधिवेशनमा जिल्ला अध्यक्षका आकाँक्षी हुन् । चन्द खुला र भट्ट महिलाबाट प्रतिनिधि भएका हुन् ।
एमालेको भीनपा ११ मा वडा कमिटी अध्यक्ष गीता ओली र परशुराम पन्त प्रतिनिधि भएका छन् । ओली महिला र पन्त खुलाबाट प्रतिनिधि चयन गरिएका छन् ।
भीनपा १२ बाट लोकबिलास पन्त र भुमा जोशी प्रतिनिधि चयन भएका छन् । पन्त खुला र जोशी महिलाबाट प्रतिनिधि भएका छन् ।
महेश भट्ट र बालादेबी नाथ भीनपा १३ बाट प्रतिनिधि भएका छन् । भट्ट वडा कमिटी अध्यक्ष हुन् । उनी खुला र नाथ महिलाबाट प्रतिनिधि बनेका हुन् ।
भीनपा १४ बाट उपेन्द्र जोशी र सिता सिह प्रतिनिधि भएका छन् । सिह भीनपा १४ का अध्यक्ष हुन् । सिह महिला र जोशी खुलाबाट प्रतिनिधि भएका हुन् ।
चन्द्र घडेरी(खुला) र उर्मिला भाट(महिला) भीनपा १५ बाट प्रतिनिधि भएका छन् । भीनपा १६ मा विष्णु अवस्थी र ईश्वरी जोशी प्रतिनिधि भएका छन् । अवस्थी खुला र जोशी महिलाबाट प्रतिनिधि भएका छन् ।
राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य लोकेश पाल भीनपा १७ बाट प्रतिनिधि भएका छन् । पाल खुलाबाट प्रतिनिधि आएका हुन् । महिलामा मन्जु भट्ट प्रतिनिधि चयन भएकी छन् ।
भीनपा १९ मा साहेब राना र धना जोशी प्रतिनिधि चयन भएका छन् । राना खुला र जोशी महिलाबाट प्रतिनिधि आएका छन् ।
दलित क्लस्टरबाट अमिर तिरुवा, पुने दमाई र गीता सार्की अधिवेशन प्रतिनिधि भएका छन् ।