ghar sansar

आत्महत्या दुरुत्साहन मुद्दामा बेलौरीका वडा अध्यक्ष सहित ६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा एक वडा अध्यक्ष सहित ६ जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका–९ का वडा अध्यक्ष किसनसिंह राना सहित ६ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुबदेव राना, भंगि राना, रुद्र राना, दुखसो राना र सुरज राना छन् ।

उनीहरूलाई बेलौरी नगरपालिका–९ का स्थानीय १८ वर्षीय अनुश राना मृत फेला प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

आइतबार अदालतबाट म्याद थप समेत गरिएको छ । कार्तिक २४ गते मृत फेला परेका रानाका बुबाले आत्महत्या दुरुत्साहनमा उनीहरू विरुद्ध किटानी दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...