ghar sansar

सत्ताको राजनीति

little buddha academy
khasi

कांग्रेस–माओवादी लगायत दल सम्मिलित सत्ता गठबन्धन पुनः भत्किएको छ । अब फेरि एमाले र माओवादी सहकार्य गरेर अघि बढ्न सहमति भएको छ । एमाले र माओवादीबीच गएराति भएको सहमतिअनुसार अब प्रचण्डकै नेतृत्वमा एमाले सरकारमा सहभागी हुने छ । सरकारमा रास्वपालगायत अरु दल पनि सहभागि हुने भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमती भएस“गै कांग्रेसस“गको गठबन्धन भत्किएर नया“ गठबन्धन भएको छ । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी र उसको प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस दुवैले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने अडान राखेपछि सत्ता गठबन्धन भक्तिएको छ ।

dirghayi clinic

गठबन्धनका साझेदार कांग्रेस र माओवादीबीच यसअघि राष्ट्रिय सभाका लागि भएको निर्वाचनका बेला खटपट बढेको थियो । राष्ट्रिय सभा निर्वाचनमा वर्तमान सत्ता गठबन्धनका दलहरूले तालमेल गरेका थिए । तर कोशी प्रदेशमा माओवादीकी उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् । एमालेकी रुक्मिणी कोइराला र कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भए । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आप्mना उम्मेदवारको साटो एमाले उम्मेदवारलाई मत दि“दा कोशीमा आफूले हार बेहोर्नुपरेको माओवादी नेताहरूको गुनासो छ । हालै सम्पन्न कांग्रेस महासमिति बैठकमा उठेका विषयहरु कांग्रेस उपसभापित पूर्णबहादुर खड्काले महसमिति बैठकमा पेस गरी पारित भएको नीति–प्रस्तावमा माओवादी सशस्त्र द्वन्द्वको कडा शब्दमा आलोचना हुनु, महामन्त्री गगनकुमार थापाको आगामी चुनाव एक्लै लड्ने सङ्कल्प गरिएको सांगठनिक प्रस्ताव पारित हुनु दुई दलबीच खटपट बढाउने अर्को कारण मानिएको छ ।

,orning glory badhai

सत्ता गठबन्धन बनाउने र भत्काउनेमा प्रधानमन्त्री दाहाल माहिर नै छन् । गठबन्धन बनाएर कांग्रेस संगै चुनाव लडेको माओवादीले एमालेसंग मिलेर यस अधि सरकार बनाएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको सत्ता गठबन्धन दुई महिना बित्न नपाउदै भत्किएको थियो । पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नया“ सत्ता गठबन्धन निर्माण भएको थियो । तर नया“ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसहित पा“च दलीय गठबन्धन ब्यु“ताउने सहमति भएको थियो ।

उक्त गठबन्धनमा प्रतिनिधिसभामा रहेका अन्य तीन दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) समेत सहभागी भएर केन्द्र देखि प्रदेशसम्म सरकारहरु बनेका थिए । सुरुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको समर्थनमै प्रधानमन्त्री बनेका थिए । बीचमा यो गठबन्धन छाडेर कांग्रेसस“ग सहकार्य गरेका उनी पुनः एमालेतिरै फर्किएका छन् । अहिले बनेको गठबन्धले पनि केन्द्रमा मात्र नभएर सातवटै प्रदेशमा पनि सरकार परिवर्तन गर्ने निश्चित छ । यसरी गठबन्धन भत्काउदै बनाउदै आफु प्रधानमन्त्रीमा टिकि राख्ने दाहालको बेहाल नबनाए सम्म मुलुकमा अस्थिता कायम रहिनै रहने छ ।

Himal dental
सम्बन्धित
Loading...