
महेन्द्रनगर । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक गृह जिल्लाबाट हतारमा काठमाडौं फर्किएका छन् । खुला मञ्चमा सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटनका लागि गृह जिल्ला आएका लेखक पछिल्लो परिवर्तित सत्ता फेरबदलका कारण मंगलबार काठमाडौं फर्किएका छन् ।
साँसद लेखक सोमबार महेन्द्रनगर आएका थिए । मंगलबार कटानस्थित वेष्टर्न पब्लिक एकेडेमीको २४ औ वार्षिकोत्सव समारोह उद्घाटन गरी उनी काठमाडौं हिँडेका छन् । काँग्रेसको कार्य सम्पादन समितिको बैठकमा सहभागी हुन उनी हतारमा फर्किएका छन् । लेखक गृह जिल्ला आएपछि प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण हेरफेर गरेका थिए ।
सोमबार लेखकले बाणिज्य संघको महोत्सव उद्घाटनमा सत्ता हेरफेरबारे केही बोलेनन् । वेष्टर्न पब्लिक एकेडेकीको वार्षिकोत्सवमा भने उनी सत्ता समीकरण फेरबदलबारे बोलेका छन् । उनी प्रमुख अतिथिको रुपमा मन्तव्य राखेर कार्यक्रमबाट बाहिरिएका छन् ।
