ghar sansar

वेष्टर्न पब्लिक एकेडेमीले मनायो २४ औं वार्षिकोत्सव

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित वेष्टर्न पब्लिक एकेडेमीले २४ औं वार्षिकोत्सव मनाएको छ । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद काँग्रेस संसदीय दलका प्रमुख सचेकत रमेश लेखकले वार्षिकोत्सव कार्यक्रम उद्घाटन गरेका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावल, प्रदेश सभा सदस्य मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी, भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा, सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. हरिशचन्द्र भट्ट लगायत विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी भएका छन् ।

lotus institite

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र बहादुर चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल विवेक कलौनीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । प्रिन्सिपल कलौनीको प्रतिवेदन अनुसार विद्यालयमा ६ सय विद्यार्थी अध्ययनरत छन् । कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने गरेको छ ।

कार्यक्रममा विद्यालका विभिन्न विधाका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । विद्यालयले शिक्षक, कर्मचारी सहित विभिन्न क्षेत्रका सहयोगीलाई कार्यक्रममा सम्मान गरेको छ ।

कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन् । विद्यालयमा वार्षिकोत्सवको अवसर पारी फेस्ट आयोजना गरिएको छ । फेस्टमा विद्यार्थीहरुले विभिन्न प्रदर्शनी राखेका छन् । फेस्ट बुधबारसम्म सञ्चालन हुने विद्यालयका सञ्चालक बिर्ख बहादुर मल्लले बताए । फेस्ट समापनमा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना सहितका नेताहरुलाई आमन्त्रण गरिएको छ ।

विद्यालयले कार्यक्रम उद्घाटन अघि पुष्पलाल चोकबाट ¥याली निकालेको छ । कार्यक्रमका प्रमुख अतिथि लेखक सहितका अतिथि ¥यालीमा सहभागी भए । ¥याली विद्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत भयो । पुष्पलाल चोकबाट गाजाबाजा सहित ¥याली गरिएको छ ।

विद्यालयका शिक्षक हेमन्त बहादुर सिहले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, अभिभावक लगायतका विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...