ghar sansar

राजा फर्काउने खेल

प्रतिनिधि सभामा प्रमुख दल नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन भत्किएर पुनः नयाँ गठबन्धनको जन्म भएको छ । प्रतिनिधि सभामा दोस्रो ठूलो दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई दोस्रो पटक काँध थापेपछि पुरानै गठबन्धन ब्युँतिएको छ । एकाएक संघीय सरकारको गठबन्धन फेरिएसँगै राजनीतिक परिस्थिति परिवर्तन भएको छ । त्यसको प्रभाव केन्द्रमा मात्रै हैन, प्रदेश सरकारमा समेत समीकरण र नेतृत्व परिवर्तन हुने निश्चित छ । २०७९ सालको चुनावमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन थियो । तर चुनावपछि प्रधानमन्त्रीमा कांग्रेसले दावी गरेपछि त्यो भत्कियो ।

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई छाडे र नेकपा एमालेसँग मिलेर सरकार बनाए । गठबन्धन बन्यो, संयुक्त सरकार पनि बन्यो तर त्यो गठबन्धन दुई महिनामै भत्कियो र अर्को गठबन्धन कांग्रेस, सामाजवादी लगायतका दलहरु मिलेर बन्यो र अहिले पुरानो गठबन्धन बनेको छ फेरि यो गठबन्धन पनि भत्कन सक्छ र नया“ बन्न सक्छ । यो गठबन्धन बनाउने र भत्काउने नेताहरुको खेलले दल र दलका नेताहरुलाई फाइदा हुने होला तर नेपाली जनतालाई यसले केहि फाइदा हुँुदैन । सत्ता समीकरणका लागि बनेको यो नयाँ गठबन्धनलाई कम्युनिष्ट दलका नेताहरूले यसलाई बलियो बामशक्ति निर्माणको अभ्यास भनेर जनताको आ“खामा छारो हाल्ने कोसिस गरि राखेका छन् ।

mahostaw

मुलुकको समृद्धिका लागि बलियो बामशक्ति निर्माण गरी राजनीतिक स्थायित्व अपरिहार्य रहेकाले त्यसकै प्रयासका लागि यो गठबन्धन सिर्जेको भनाइ दलका नेताहरूको छ । बामशक्ति निर्माण गरी राजनीतिक स्थायित्वका लागि भनिए पनि संसद्को समीकरणमा पहिलो दल कांग्रेस र दोस्रो एमालेलाई कजाउँदै तेस्रो त्यो पनि जम्मा ३२ सिटको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमै आसिन रहिरहने रणनीति भन्दा अरु केहि होइन । सुरुमा एमाले, कांग्रेस र अहिले फेरि एमालेसँग पुगेका दाहाल सत्ताको केन्द्रमै छन् र पाँच वर्ष सम्म सत्ताको केन्द्रमै बस्न उनी फेरि अर्को गठबन्धन बनाउन धेरै समय लगाउ“दैनन् बरु उनको कठपुतली भएर नाच्नेहरुलाई कुनै लाज नलाग्नु आश्चर्यजनक कुरो हो ।

सत्ता दाउपेचको खेलमा गठबन्धन बनाउने र भत्काउने र सत्ताका लागि सधैंजसो स्वार्थको गठजोड गर्ने प्रवृतिले जनता आहत भएका छन् र दलहरुका यस्ता गतिविधिकै कारण ठाउँ ठाउँमा राजा आउ देश बचाउ भन्ने नारा लाग्ने गरेका छन् । नेपाली जनताले चरम बेरोजगारी भोगिरहेकाले खाडी मुलुक गैराखेका छन् । स्वास्थ्य, शिक्षा जस्ता आधारभूत कुरामा सहज पहुँच छैन । नेपाली जनता अहिलेको राजनीतिक गतिविधिबाट वाक्क दिक्क बनेका छन् । यसकारण उनीहरुलाई कुनै गठबन्धन बन्नु र भत्कनुले केही अर्थ राख्दैन । सत्तामा पुगेकालाई सधै सत्तामै टिकिरहने र सत्ता बाहिर रहेकालाई सत्तामा पुग्ने मात्र ध्याउन्न हुन्छ । दलकै कमजोरी र यस्तै गठबन्धनको खेलका कारण राजा आउ देश बचाउका नारा घन्किन लागेका छन् र यस्तै प्रवृति रहने हो भने जनताले एक दिन अस्ताएको राजसंस्थालाई का“धमा बोकेर नारायहीटीमा विराजमान गराउन बेर लाग्दैन । आज गणतन्त्र पक्षधरकै कमजोरीले राजा आउ देश बचाउको नारा लाग्न थालेको हो भन्ने कुरो दलहरुले बुभ्mन जरुरी छ ।

Himal dental
सम्बन्धित
Loading...