मेयर सकिएपछि एमालेमा निरन्तर हार्दै छन् हमाल

lotus institute

महेन्द्रनगर । एमाले नेता कर्ण बहादुर हमाल नवौ जिल्ला अधिवेशनको प्रतिनिधिमा रोकिएका छन् । कृष्णपुर नगरपालिका ५ मा भूगोलबाट चाहना राखेका हमाल प्रतिनिधि हुन नसकेका हुन् ।

एमालेको नवौ अधिवेशनका लागि शनिबार भूगोलका प्रतिनिधि छनौट गरिएको थियो । शनिबार दिनभरि छलफल गरिए पनि हमाललाई प्रतिनिधि बनाउन सहमति जुट्न नसकेको हो । नेताहरुका अनुसार सहमति नभएपछि चुनाव गराउन छलफल गरिए पनि अन्तिममा हमाल बाहेकको नाममा सहमति गरी प्रतिनिधि छनौट गरिएको हो ।

morning glory

हमाल कृष्णपुर नगरपालिकाका निवर्तमान मेयर हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा उनी एमालेबाट मेयर निर्वाचित भएका थिए । एमाले जिल्ला कमिटी सदस्य हुँदा उनले मेयर जितेका थिए ।

Mahendranagar

हमालले यस अघि एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनमा पनि प्रतिनिधिका लागि आकाँक्षा राखेका थिए । प्रदेश अधिवेशनमा पनि उनी प्रतिनिधि हुन असमर्थ भएका थिए ।

एमाले कञ्चनपुरको कार्य वाहक अध्यक्ष लक्ष्मी बुढा कृष्णपुरका छन् । बुढा नवौ अधिवेशनमा अध्यक्षका आकाँक्षी छन् । आठौ अधिवेशनमा बुढा उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

नवौ अधिवेशनका लागि बुधबार भूगोल र जन वर्गीय सबै संगठनबाट प्रतिनिधि छनौट गरिएका छन् । जिल्ला कमिटीले मनोनित गर्ने २३ जना बाहेक सबै प्रतिनिधि बुधबारसम्म चयन गरिएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले खुला मञ्चमा चैत १ गते अधिवेशन उद्घाटन गर्ने भएका छन् ।

saark school
सम्बन्धित
Loading...