Sarsoti

नारी दिवसको शुभकामना

lotus institute

११४औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस आज विभिन्न कार्यक्रम गरि मनाईदै छ । विश्वभर मनाइने अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस नेपालमा पनि हरेक वर्ष मार्च ८ तारिखका दिन विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरिन्छ । महिला मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएकी थिइन् । सोही दिनको स्मरणमा नेपाललगायत विभिन्न देशमा विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ । शहर बजारमा यो दिवस मनाइ रहदा गिट्टी कुटेर जिपिकोपार्जन गर्ने महिलाको कथा र व्यथा बुभ्mन जरुरी छ र उनीहरुको श्रमको सम्मान गर्नु जरुरी हुन्छ । हरेक महिलाले यो दिवसको बारेमा बुभ्mने र बुझाउने गरि मनाउन जरुरी छ । श्रम गरि राखेका महिलाको यस दिनको ज्याला स्थानीय सरकारले व्यवस्था मिलाएर उनीहरुलाई पनि यस दिवसमा सरिक गराउन सक्नु पर्दछ ।

Mahendranagar

नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको छ । संविधानमा नै महिलाको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरी राजनीतिक सहभागिता, पैतृक सम्पत्तिमा समान हक, घरेलु श्रमको गणनाको संवैधानिक प्रावधान, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष व्यवस्था, मातृत्व संरक्षणसम्बन्धी सेवामा विस्तार, आप्mनो शरीरमाथि आप्mनो अधिकारलगायत विषयमा कानुनी रूपमा नेपाली महिला अधिकारयुक्त बन्दै गएका छन् ।

morning glory

महिलाविरुद्ध हुँदै आएका विभेदपूर्ण व्यवहार छाउपडी, बोक्सा–बोक्सी, दाइजो लगायत विरुद्ध राज्यको हस्तक्षेपकारी भूमिका विस्तार हँुदै आएको छ । सामाजिक रूपमा महिला चेतनामा आएको परिवर्तन, सार्वजनिक गतिविधिमा बढ्दो महिला सहभागिता र सफलता नेपाली महिला आन्दोलनले गर्व गर्न सक्ने उपलब्धिका रुपमा हेर्न सकिन्छ । नेपालको संविधानले नै महिलाका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेपछि अहिले राजनीति र अन्य कामहरुमा महिलाहरुको सक्रियता बढ्दै गएको छ । पहिलाको समय महिलाले घरको काममा मात्र सिमित हुनु पर्ने, बाहिरको काम गर्न, पढ्न नपाउने जस्ता गतिविधि खेप्नु परेको थियो । तर अहिले महिलाको क्षेत्रमा परिवर्तन भएको छ ।

अधिकांश महिलाहरु पढे लेखेका छन्, महिला अधिकारका सम्बन्धमा जानेबुझेका छन् । कुनै पनि कुरामा उनीहरू कोही भन्दा कम नहुने अवस्था सिर्जना हुँदै गएको छ । उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि चुनावमा थप आरक्षणको व्यवस्था गरिएको छ । नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व अपरिहार्य छ । त्यसैले आत्मनिर्भर भएर आत्मसम्मान साथ बा“चेका महिलाहरुको सम्मान गर्न सिक्नु र उनीहरुको खेदो खन्नुभन्दा हैसला दिनु जरुरी रहेको छ् । सानो नै किन नहोस् महिलाहरुले गरेको काम पहलको सम्मान गर्न सिक्नुपर्छ । महिलाहरुलाई बोलीमा होइन व्यवहारमा समानता दिनुपर्छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

saark school
सम्बन्धित
Loading...