ghar sansar

कांग्रेस एमाले मिल्नु पर्छ

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट धोका पाएका दलहरु एक ठाउँमा उभिन सक्ने संकेत गरेको छ । यदि त्यसो भयो भने प्रचण्ड कहाँ पुग्लान् भनेर पनि कांग्रेसले प्रश्न गरेको छ । प्रतिनिधि सभाको विहीबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डले पटक–पटक दलहरुलाई धोका दिएको बताए । पछिल्लो पटक कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग गठबन्धन गर्दा पनि प्रचण्डले धोका दिएको उनले बताए । लेखकले संसदमा प्रचण्डलाई व्यंग्य गर्दै भने,एक जनासँग मगनी, अर्कोसँग लगनगाँठो, तेस्रोसँग हनिमुन, चौथोसँग डेटिङ, पाँचौसँग टाप ठोक्ने काम उथलपुथल नभएर यो शोभनीय हो भनेका छन् ।

यसअघि गत वर्षको पुस १० गते तत्कालीन चुनावी गठबन्धनलाई धोका दिएर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड १५ महिनाको अन्तरालमा फेरी तत्कालीन चुनावी गठबन्धनलाई धोका दिएर त्यही पुरानो ठाउ“मा आइपुगेका छन् । प्रचण्डको यो निर्णयसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि एउटै कित्तामा उभिएका कांग्रेसले भने उनीबाट एक वर्षमा दोस्रोपटक धोका पाएका छन् । एमालेले पनि पहिला पर्टी नै फुटाउने गरि धोका पाए । त्यस पछि गठबन्धन तोडेर कांग्रेससंग मिल्दाका वखत गरी दुईपटक धोका पाइ सकेको छ । यसरी पटक पटक धोका पाउदा पनि कांग्रेस एमालेलाई चेत आएको देखिदैन ।

प्रतिनिधिसभामा ठूलो दलका रूपमा स्थापित नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेका नेताहरू एक आपसमा बसेर छलफल गरेर मुलुकको अस्थिर राजनीतिलाई पार लगाउनु पर्ने बेला आएको छ । यतिबेला टुप्पोबाट पलाएका राजनीतिक दलहरुको हालीमोहाली भइरहेको छ । मुलुक र लोकतन्त्रको लागि वर्षै संघर्ष गरेका कांग्रेस र एमालेले कठपुतलि भएर नाच्नु परि राखेको छ । मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुको विकल्प छैन । राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको कुरो कांग्रेस एमालेका नेता कार्यकर्ताले बुझेको हुनु पर्ने हो । टुप्पोबाट पलाएका राजनीतिक दलहरुको इसारामा फनफनती धुम्नु पर्ने कांग्रेस एमालका नेताहरुको टिठलाग्दो अवस्था छ ।

कांग्रेस एमालेका नेताहरुको अवस्था जस्तै मुलुकको अवस्था पनि टिठलाग्दो छ । यस्तै अस्थिरता रहने हो भने देशमा समृद्धि आउने झिनो आसा पनि समाप्त भएर जान छ । त्यसैले कांग्रेस एमालेले प्रचण्डको गोटी भएर फनफनी नाचनु भन्दा बाकी रहेको कार्यकाललाई मिलेर अगाढी बढनु मुलुकका लागि उपयुक्त हुनेछ । जबसम्म मुलुकले स्थिर सरकार पाउदैन तबसम्म देशमा समृद्धि आउन सक्दैन । स्थिर सरकारले मात्र देशमा समृद्धि आउने भएकाले कांग्रेस र एमाले मिलेर सरकार बनाउनु जरुरी छ । नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने हो भने मात्र यी टुप्पोबाट पलाएका राजनीतिक दलहरुको र अस्थिर राजनीतिको जड प्रचण्डको पनि के हविगत हुने छ देख्न मिल्ने छ । त्यसैले ढिलो नगरी कांग्रेस एमाले मिलेर केन्द्र देखि प्रदेश सम्म सरकार बनाउनु पर्छ जनचाहना पनि यही हो ।

Himal dental
सम्बन्धित
Loading...