ghar sansar

कांग्रेस एमाले मिल्नु पर्छ

khasi

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट धोका पाएका दलहरु एक ठाउँमा उभिन सक्ने संकेत गरेको छ । यदि त्यसो भयो भने प्रचण्ड कहाँ पुग्लान् भनेर पनि कांग्रेसले प्रश्न गरेको छ । प्रतिनिधि सभाको विहीबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डले पटक–पटक दलहरुलाई धोका दिएको बताए । पछिल्लो पटक कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग गठबन्धन गर्दा पनि प्रचण्डले धोका दिएको उनले बताए । लेखकले संसदमा प्रचण्डलाई व्यंग्य गर्दै भने,एक जनासँग मगनी, अर्कोसँग लगनगाँठो, तेस्रोसँग हनिमुन, चौथोसँग डेटिङ, पाँचौसँग टाप ठोक्ने काम उथलपुथल नभएर यो शोभनीय हो भनेका छन् ।

dirghayi clinic

यसअघि गत वर्षको पुस १० गते तत्कालीन चुनावी गठबन्धनलाई धोका दिएर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड १५ महिनाको अन्तरालमा फेरी तत्कालीन चुनावी गठबन्धनलाई धोका दिएर त्यही पुरानो ठाउ“मा आइपुगेका छन् । प्रचण्डको यो निर्णयसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि एउटै कित्तामा उभिएका कांग्रेसले भने उनीबाट एक वर्षमा दोस्रोपटक धोका पाएका छन् । एमालेले पनि पहिला पर्टी नै फुटाउने गरि धोका पाए । त्यस पछि गठबन्धन तोडेर कांग्रेससंग मिल्दाका वखत गरी दुईपटक धोका पाइ सकेको छ । यसरी पटक पटक धोका पाउदा पनि कांग्रेस एमालेलाई चेत आएको देखिदैन ।

प्रतिनिधिसभामा ठूलो दलका रूपमा स्थापित नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेका नेताहरू एक आपसमा बसेर छलफल गरेर मुलुकको अस्थिर राजनीतिलाई पार लगाउनु पर्ने बेला आएको छ । यतिबेला टुप्पोबाट पलाएका राजनीतिक दलहरुको हालीमोहाली भइरहेको छ । मुलुक र लोकतन्त्रको लागि वर्षै संघर्ष गरेका कांग्रेस र एमालेले कठपुतलि भएर नाच्नु परि राखेको छ । मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुको विकल्प छैन । राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको कुरो कांग्रेस एमालेका नेता कार्यकर्ताले बुझेको हुनु पर्ने हो । टुप्पोबाट पलाएका राजनीतिक दलहरुको इसारामा फनफनती धुम्नु पर्ने कांग्रेस एमालका नेताहरुको टिठलाग्दो अवस्था छ ।

कांग्रेस एमालेका नेताहरुको अवस्था जस्तै मुलुकको अवस्था पनि टिठलाग्दो छ । यस्तै अस्थिरता रहने हो भने देशमा समृद्धि आउने झिनो आसा पनि समाप्त भएर जान छ । त्यसैले कांग्रेस एमालेले प्रचण्डको गोटी भएर फनफनी नाचनु भन्दा बाकी रहेको कार्यकाललाई मिलेर अगाढी बढनु मुलुकका लागि उपयुक्त हुनेछ । जबसम्म मुलुकले स्थिर सरकार पाउदैन तबसम्म देशमा समृद्धि आउन सक्दैन । स्थिर सरकारले मात्र देशमा समृद्धि आउने भएकाले कांग्रेस र एमाले मिलेर सरकार बनाउनु जरुरी छ । नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने हो भने मात्र यी टुप्पोबाट पलाएका राजनीतिक दलहरुको र अस्थिर राजनीतिको जड प्रचण्डको पनि के हविगत हुने छ देख्न मिल्ने छ । त्यसैले ढिलो नगरी कांग्रेस एमाले मिलेर केन्द्र देखि प्रदेश सम्म सरकार बनाउनु पर्छ जनचाहना पनि यही हो ।

Himal dental
सम्बन्धित
Loading...