ghar sansar

एमाले कञ्चनपुर अधिवेशन : उप सचिवमा धेरैको आकाँक्षा, रोकायाको दौडधुप तीव्र

little buddha academy
khasi

महेन्द्रनगर । एमाले कञ्चनपुरको चैत १ र २ गते नवौ जिल्ला अधिवेशनमा उप सचिवमा सबैभन्दा धेरै नेताले आकाँक्षा राखेका छन् । एमालेको आठौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य बनेका अधिकाँश नेता उप सचिवको आकाँक्षी छन् ।

एमालेको विधान अनुसार जिल्ला कमिटीमा दुई उप सचिव निर्वाचित हुने व्यवस्था छ । दुई उप सचिवका लागि धेरै नेताले आकाँक्षा राखेर नेताहरुसित लबिङ्ग गरि रहेका छन् ।

,orning glory badhai

आठौं अधिवेशनबाट सदस्य निर्वाचित रोकायाले उप सचिवमा सहयोगका लागि नेताहरुसित भेटघाट र छलफलमा सक्रिय रुपमा लागेका छन् । उनले जिल्ला पदाधिकारीको युवाको सहभागिता आवश्यकता भएकाले आफू उप सचिवको उम्मेदवार हुने बताए ।

‘जिल्ला कमिटीमा सबै पक्षको प्रतिनिधि हुनु पर्छ, त्यसमा पनि युवालाई कुनै पनि हालतमा छुटाउन हुँदैन, त्यसमा युवाको प्रतिनिधित्व आवश्यक छ’ उनले भने,‘नवौ अधिवेशनमा म युवाको मुद्दा बोकेर चुनावमा छु, मलाई सबैले साथ सहयोग दिनेमा आशावादी छु ।’

dirghayi clinic

एमालेमा विद्यार्थी राजनीतिबाट आएका रोकाया विद्यार्थी संगठन बाहेक एमाले जिल्ला कमिटी र बेलडाँडी गाउँ कमिटी सदस्यको जिम्मेवारी वहन गरि सकेका छन् ।

हाल उनी अनेरास्ववियुको सुदूरपश्चिम प्रदेश कमिटी सचिव पनि छन् । अनेरास्ववियु सुदूरपश्चिम पश्चिम प्रदेशको पहिलो अधिवेशतबाट उनी सर्वसम्मत सचिव चयन भएका हुन् ।

विद्यालय स्तरमा २०६३ मा अनेरास्ववियु आवद्ध भएर राजनीतिमा आएका उनी विद्यालय कमिटीको उपाध्यक्ष हुँदै प्रदेश सचिव भएका हुन् । सिद्वनाथ बहुमुखी क्याम्पसको क्याम्पस कमिटी सदस्य, सह सचिव हुँदै क्याम्पस कमिटी अध्यक्ष भएका उनी अनेरास्ववियु कञ्चनपुरको संयोजक भइ सकेका छन् ।

नेरास्ववियुको १६ औ जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य भएका उनी सम्मेलन बाट सह सचिव हुँदै संयोजक भएर जिल्ला अध्यक्ष को समेत जिम्मेवारी निर्वाह गरेका हुन।

अनेरास्ववियु को २२औ राष्ट्रिय महाधिवेशन मा स्थाइ कमिटी पराजित भए पछि अहिले संगठन को सुदूरपश्चिम प्रदेश कमिटी को सचिव छन् ।

एमाले को ८ औ जिल्ला अधिबेशन मा युवा कलष्टरमा लोकप्रीय मत पाएर जिल्ला कमिटी सदस्य बिजयी भएका थिए। उनी एमाले माओवादी एकीरकणपछि बनेको तत्कालिन नेकपाका बेलडाँडी गाउँ कमिटी सदस्य भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...