ghar sansar

दलित समुदाय भोटका लागि मात्रै प्रयोग हुने चलन तोड्ने वाचा गर्दै एमाले युवा नेता आग्रीले गरे उप सचिव लड्ने घोषणा

Amity

महेन्द्रनगर । एमालेका युवा नेता राजेन्द्र आग्री नवौ अधिवेशनमा उप सचिवका आकाँक्षी देखिएका छन् । आठौं अधिवेशनमा सदस्य निर्वाचित आग्रीले नवौ अधिवेशन समावेशी र उत्पीडित समुदायको प्रतिनिधित्वका लागि उप सचिवमा आकाँक्षा राखेको घोषणा गरेका छन् ।

आग्री एमालेको उत्पीडित जातीय मुक्ति समाजको उपाध्यक्ष पनि छन् । भीमदत्त नगरपालिका ६ का आग्री एमाले र माओवादी एकीकरणपछि बनेको तत्कालिन नेकपा विघटनपछि एमालेमा बसेका हुन् । आर्ठौ जिल्ला अधिवेशनमा उनी फराकिलो मत अन्तरले निर्वाचित भएका थिए ।

lotus institite

‘यो नवौ अधिवेशनमा म उप सचिवमा लड्ने गरी अघि बढेको छु, दलित समुदायलाई खाली भोट लागि मात्र प्रयोग गर्ने पुरानो चलन तोड्दै म दलित सामावेसी अनुसार मैले पनि पदाधिकारीमा युवा दलितको प्रतिनिधित्व हुने गरी दाबेदारी छ’ उनले भने,‘मलाइ विस्वास छ पार्टीले दलित आन्दोलनको कदर गर्दै यस पाली सामावेशी हुने गरी सम्मान सहितको पदाधिकारी पद पाउँछौ भन्ने आश छ ।’

Himal dental
सम्बन्धित
Loading...