ghar sansar

जनविश्वास अपरिहार्य

प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते संसदमा विश्वासको मत लिने समाचार आएका छन् । सत्ता गठबन्धनको सहयात्री दल परिवर्तन गर्दै दाहालले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री भएको १४ महिनायता उनले विश्वासको मत लिन थालेको यो तेस्रो पटक हो । यसअघि गत वर्षको पुस २६ मा पहिलो पटक र चैत ६ मा दोस्रो पटक दाहालले विश्वासको मत लिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत सहजै प्राप्त गर्ने अवस्था छ । उनीसंग अहिले पा“च दलको गठबन्धन छ । गठबन्धनका सांसदहरुले मात्र मत दिए पनि सहजै बहुमत प्राप्त हुने अवस्था छ । आफु सत्तामा टिकि रहनैकै लागि उनले चार दलका चार जानालाई उपप्रधानमन्त्री पनि बनाएका छन् । तर गठबन्धनमा सहभागि भएको सामाजवादीलाई भने उपप्रधानमन्त्री नदिएर अपमान नै गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सत्ता गठबन्धनका दलहरूलाई मजबुत बनाउन चारजना उपप्रधानमन्त्री राखिएको छ । अघिल्लो वर्ष एमालें संग गठबन्धन गर्दा पुस १० मा प्रधानमन्त्री दाहालले विष्णु पौडल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन गरी चार जना उपप्रधानमन्त्री राखेका थिए । त्यसपछि कांग्रेसस“गको गठबन्धन बन्दा श्रेष्ठ र पूर्णबहादुर खड्का गरी दुई जना मात्र उपप्रधानमन्त्री थिए । अहिले फेरि एमालेसहितको नया“ गठबन्धन बनाएपछि चारजना उपप्रधानमन्त्री बनाइएको छ । हाल एमालेबाट भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीसहित रघुविर महासेठ, माओवादीबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित नारायणकाजी श्रेष्ठ, रास्वपाबाट गृहमन्त्रालयको जिम्मेवारीसहित रवि लामिछाने र जसपाबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसहित उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका छन् ।

सरकारमा सहभागी भएको एकीकृत समाजवादी बाहेक सबै दलले एक–एक जना उपप्रधानमन्त्री पाउने एकीकृत समाजवादीले नपाउनुको कारण समाजवादीको अपमान गर्न खोजेको हो कि माधव नेपाल प्रधानमन्त्री प्रचण्डकै कठपुतली हुनाले सरकारलाई कुनै जोखिम नदेखेर हो नेपाल र प्रचण्डले नै जानुन । तर सदनमा विश्वासको मत प्राप्त गरे पनि प्रचण्डको प्रवृति प्रति जनताको विश्वास छैन । प्रधानमन्त्री प्रचण्डकोप्रति मात्रै नभएर नेपालका राजनीतिक दलका राजनीतिक नेतृत्वको विश्वसनीयता खस्केकाले कसै प्रति पनि जनताको विश्वास छैन ।

दलका नेताहरुको सत्तामुखी प्रवृत्तिका कारण दलका नेताप्रति जनविश्वास समाप्त हुदै गएको छ । त्यसैले यीनै नेताहरुले चलाएको सरकारप्रति जनविश्वास फर्काउन निकै कठिन देखिन्छ । नेताहरुको सत्तामुखी प्रवृत्ति र सामन्ती जीवनशैली जनताले देखि राखेका छन् । नेताहरुले मिठो भाषण गरेकै भरमा अब नेताहरूलाई जनताले फेरि विश्वास गर्ने छन् भन्न सकिने अवस्था छैन । जनताका समस्या जहाको त्यही छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, गास, वास कपासको समस्या जस्ताको त्यस्तै छ । सरकार र राजनीतिक दलहरु आर्थिक, चारित्रिक, नैतिकलगायत सबै प्रकारबाट विश्वसनीयरुपमा प्रस्तुत नभएसम्म जनस्तरमा विश्वास आर्जन गर्न सकिदैन । त्यसैले विश्वासको मतले मात्र पुग्दैन जनविश्वास अपरिहार्य हुन्छ ।

Himal dental
सम्बन्धित
Loading...