भीमदत्त नगरपालिकालाई उत्कृष्ठ नगरपालिका पुरस्कार

महेन्द्रनगर । नेपाल नगरपालिका संघले भीमदत्त नगरपालिकालाई उत्कृष्ठ नगरपालिका पुरस्कार प्रदान गरेको छ । भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै संलघले पुरस्कृत गरेको हो ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले पुरस्कार ग्रहण गरेका छन् । संघको ३१ औँ वार्षिकोत्सवमा पुरस्कार प्रदान गरिएको छ । बोगटी २०७९ को स्थानीय तह निर्वाचनबाट भीमदत्तको मेयर निर्वाचित भएका हुन् ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले भीमदत्तले उत्कृष्ठ पुरस्कार पाउन सबै नगरवासीको लागि गौरब भएको बताए । ‘यो सबै हामी नगरवासीका लागि गौरब हो, यसबाट हामी उत्साहित भएका छौ’ उनले भने ।

सम्बन्धित
Loading...