सिद्धनाथ माविका एसईई दिने विद्यार्थीको सम्मान सहित विदाई

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ बडैपुरस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा एसइई परीक्षा दिने कक्षा १० का विद्यार्थीहरुको विदाई गरिएको छ ।

विद्यालयमा कार्यक्रम सबै विद्यार्थीहरुलाई सम्मान गरी विदाई गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा विद्यार्थीहरुलाई खादाले सम्मान गरी शैक्षिक सामाग्री उपहार दिइएको छ ।

विद्यालयको कक्षा ९ मा अध्ययनरत पायल लुहारको अध्यक्षता कार्यक्रममा गरियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य बसन्ती खड्का, प्रधानाध्यापक जय बहादुर बिष्ट लगायत शिक्षक, कर्मचारी, विद्यार्थी सहभागी भएका छन् ।

कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष भट्टले विद्यार्थीहरुलाई एसइई परीक्षा सफलताको कामना गर्दै उज्ज्वल भविष्य निर्माण, परिवार,समाज र राष्ट्रको उदाहरणीय भएर पहिचान दिने भएकोले अनुशासित भएर अघि बढ्नु पर्ने बताए ।

कार्यक्रममा कक्षा १० की छात्रा खुश्वु रानाले विद्यार्थी जीवनका अविस्मरणीय क्षण र विद्यालय परिवारसित आगामी दिनमा पनि बलियो सम्बन्ध र माया रहि रहने बताइन् ।

सम्बन्धित
Loading...