
महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका उप सचिव एबम् प्रचार विभाग प्रमुख कर्ण बहादुर चन्दको रक्तचाप बढेपछि अस्पताल भर्ना भएका छन् । नवौ अधिवेशनको बन्द सत्र सुरु हुन अघि विहान चन्दको रक्तचाप बढेको हो ।
महाकाली प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा चन्दको उपचार भएको छ । उपचारपछि उनी समान्य अवस्थामा फर्किएका छन् ।
चिकित्सकहरुका अनुसार चन्दको प्रेसर २ सय ३० सम्म पुगेको छ । यसलाई अत्यधिक मानिन्छ । चन्दले बिहीबार पनि प्रेसर बढेको आशंकामा मन्त्र अस्पतालमा जाँच गराएका थिए ।
भीमदत्त नगरपालिका ६ का चन्द विहान बन्द सत्रका लागि पार्टी कार्यालय आएको केही समयपछि एकाएक प्रेसर बढेको नेताहरुले बताए ।
एमालेका नेताहरुले चन्दलाई अस्पताल पुगेर भेटेका छन् । चन्द नवौ अधिवेशनमा सचिव पदका आकाँक्षी छन् । आठौं अधिवेशनमा उनी सबैभन्दा बढी मत ल्याएर उप सचिव निर्वाचित भएका थिए ।
