

महेन्द्रनगर । सुदूरपश्चिमका चर्चित साहित्यकार हेमबाबु लेखक भारतमा अन्तर्राष्ट्रिय कला अवार्ड बाट सम्मानित भएका छन् । भारतको पञ्जाबस्थित जालन्धरमा आयोजित ३० औँ वार्षिक स्रष्टा सम्मान कार्यक्रममा साहित्यकार लेखकलाई अवार्ड प्रदान गरिएको छ ।
पञ्जाब कला साहित्य अकादमीले साहित्य तथा सांस्कृतिक क्षेत्रमा लेखकले पुगाएको योगदानको कदर गर्दै अवार्डबाट सम्मान गरेको हो ।


भीमदत्त नगरपालिका ८ का लेखक दुई दशकदेखि साहित्य क्षेत्रमा सक्रिय छन्ु । उनी साहित्यमा राइटर बाजे उप नामले चिनिन्छिन् ।
साहित्यको माध्यमले सुदूरपश्चिमको स्थानीय भाषा, साहित्य, लोक संस्कृति र इतिहासको संरक्षणमा योगदान गरेका उनी देशभित्र पनि सम्मानित भइ सकेका छन् ।
नेपाल र भारतबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्ध विस्तार तथा मानसखण्ड क्षेत्रको साझा सांस्कृतिक सम्पदाको संरक्षणमा पनि सक्रिय भूमिका खेल्दै आएका छन् ।
अबार्ड ग्रहणपछि लेखकले सम्मानले आफूलाई साहित्य क्षेत्रमा सक्रिय रहन थप प्रेरणा मिलेको बताए ।
