भन्सार कार्यालयले भारतीय बजारबाट साइकलमा ओसार्ने गरेको सामानमा प्रतिबन्ध लगाए पछि चोरी छिपी अन्य नाकाहरुबाट सामान भित्रिने गरेको छ । यसरी अवैधरुपमा भित्रिने सामानहरु दैनिक जसो प्रहरीले पक्राउ गर्ने पनि गरेको छ । लाखौ मूल्य बराबरको सामा दैनिक रुपमा पक्राउ भइरहदा पनि चोरी तश्करीमा कमी आउन सकेको पाइदैन । बञ्चनपुर प्रहरीले केही महिना देखि दैनिक रुपमा यस्ता अवैध सामान पक्राउ गर्दै आएको छ । बुधबार मात्रै जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिणममा अवैध सामान पक्रउ गरेको छ ।
भिमदत्त न.पा.४ भा“सीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,२८,५००।– बराबरको प्रोफेस्नल अफद,कपालस्ट्रेट गर्ने मेसिन, भिटामिन औषधीलगायतका सामानहरु र पुनर्वास न.पा.११ डोके बजारबाट अन्दाजी मूल्य रु. ४०,०००।– बराबरको ग्रिस, ग्क्ज्ब् लेखेकोफलामका सा“चा(सडक ढल निकासमा प्रयोग हुने) गरि जम्मा अन्दाजी मुल्य रु.३,६८,५००।– बराबरको सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ । यसैगरी,बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७६,८००।– बराबरको माछा,बोईलर कुखुरा,मोटरसाईकल थान–१ र पुनर्वास न.पा.१० मञ्जलीबाट अन्दाजी मूल्य रु. ७,०००।– बराबरको माछा गरि जम्मा अन्दाजी मुल्य रु.८३,८००।– बराबरको सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त बोईलर कुखुरा र माछा नष्ट गरेको छ ।
व्यवसायीहरु बढी नाफा आर्जन गर्ने उद्देश्यले यसरी अवैध रुपमा सामान ल्याउन सकेमा बढी नाफा कमाउन सकिन्छ भन्ने नै हो । तर यसरी एकै दिनमा लाखौको सामान पक्राउ पर्दा हुन आउने घाटाको बारेमा व्यवसायीहरु अनभिज्ञ जस्तै बन्ने गरेका छन् र फेरी त्यही बाटो राजेर अवैध सामान ओसार्नमा अग्रसर हुन्छन् । रातारात करोडपति बन्ने सपना नै अवैध कारोबारको प्रमुख कारण हो । यस्तो कारोबारमा संलग्नहरुमा तश्करी गर्ने एक प्रकारको लत (बानी) नै भैसकेको छ । चोक्टा खान गएको झोलमा डुबेर मरी भन्ने उखान छ व्यवसायीहरुको हालत पनि त्यस्तै भएको छ । रातारात करोडपति हुने सपना बोकेर तश्करी गर्ने र तश्करीको सामान सधै पक्राउ पर्ने भए पछि करोडपति बन्ने सपना खरानी हुन सक्छ । कञ्चनपुर जिल्लामा तश्करी हुने समस्या आज मात्रको होइन । वषौ पहिला यहा पैठारी निकासी र आयात दुवै तश्करीकै माध्यमबाट हुने गरिन्थ्यो ।
त्यतिबेला यसरी नै तश्करी गरेर धेरै नाफा कमाउन खोज्नेको विस्तारै यसरी नै प्रहरीले पक्राउ गर्ने काममा तिब्रता दिए पछि अहिले ती तश्कर भनेर चिनिनेहरु आजभोली वैध कारोबार गरि राखेका छन् र विगतको घाटालाई अहिले आएर परिपूर्ति गरिराखेका छन् । अहिले तश्करीको लतमा लागेकाहरु पनि टाटपल्टिए पछि वैध बाटो रोज्न बाध्य हुने नै छन् । त्यसैले अवैध कारोबारबाट नत रातारात करोडपति नै बन्न सकिन्छ नत सामाजमा सम्मान नै प्राप्त हुन्छ । त्यसैले दैनिक करोडौको सामान पक्राउ पर्दा हुने घाटालाई मध्यनजर गरेर वैधानिक तवरले आ–आप्mनो व्यवसाय गर्न तर्फ समयमै ध्यान पुग्नु जरुरी छ र अवैध भन्दा वैध कारोबार बाटै लगनशिल भएर काम गरे आय आर्जन पनि मनग्य गर्न सकिन्छ ।