
महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । प्रमुख निर्वाचनन अधिकृत भोजराज पाठकले शुक्रबार साँझ निर्वाचन कार्यक्रम सार्वजनिक गरेका छन् ।
एमाले नवौ अधिवेशनको बन्द सत्र कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा चलि रहेको छ । शुक्रबार दिउँसोदेखि सुरु बन्द सत्रबाट राजनीतिक, साँगठनिक, आर्थिक प्रतिवेदन पारित गरिएको छ । त्यसपछि निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
