कञ्चनपुरमा एमाले हार्नुको कारणमा पर्यटक नेताका सेल्फी पनि जिम्मेवार

lotus institute

महेन्द्रनगर । एमाले कञ्चनपुरले स्थानीय र संघीय निर्वाचनको अनपेक्षित हारमा पर्यटक नेताहरुको सेल्फीहरु पनि जिम्मेवार भएको ठहर गरेको छ । एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा पर्यटक नेताहरुले सेल्फी खिचेर फेसबुकमा राखेको आधारमा गरिएका निर्देशनका कारण चुनावी हार व्यहोर्न परेको उल्लेख गरिएको हो ।

Mahendranagar

कञ्चनपुर जिल्लामा पार्टीले सोचे जति नतिजा हासिल गर्न नसक्नुका २२ कारण समावेश गर्दै त्यसमा पर्यटक नेताका सेल्फी पनि जिम्मेवारी भएको उल्लेख गरिएको छ ।

morning glory

‘मातहत कमिटीका सुझावलाई मान्नु मनन गरी कार्य गर्नु भन्दा पर्यटन नेताले सेल्फी फोटो खिचेर फेसबुकमा हालेको रिपोर्टलाई आधार मान्दै माथिबाट निर्देशन मात्र जारी गरिनु’ प्रतिवेदनमा भनिएको छ ।

२०७९ को स्थानीय र आम निर्वाचनमा दुबैमा एमालेले अनपेक्षित नतिजा व्यहारेको थियो

saark school
सम्बन्धित
Loading...