ghar sansar

एमालेमा उप सचिवका उम्मेदवारको लर्को

Amity

महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशन उप सचिवमा सबैभन्दा बढी १० जनाले उम्मेदवारी दिएका छन् । एमाले जिल्लाका पाँच पदाधिकारीमध्ये सबैभन्दा बढी उप सचिवका उम्मेदवार भएका हुन् ।

पदाधिकारीमा सबैभन्दा कम अध्यक्षमा दुई जना छन् । उपाध्यक्षमा चार र सचिवमा तीन जनाले उम्मेदवारी दिएका छन् ।

lotus institite

जिल्ला पदाधिकारीमा उप सचिवमा सबैभन्दा बढी पदाधिकारी छन् । दुई उप सचिवका लागि १० जनाले उम्मेदवारी दिएका हुन् । आठौै अधिवेशनमा उप सचिवमा चार जनाले उम्मेदवारी दिए पनि तीन जना चुनाव लडेका थिए ।

एमालेका दुई उप सचिवमध्ये एक जना प्रचार विभाग प्रमुख हुने व्यवस्था छ । प्रचार विभाग प्रमुख हुने आश र उप सचिवपछि अन्य पदाधिकारीमा पनि जान सहज हुने भएकाले उप सचिवमा उम्मेदवारको आकर्षण बढेको हुन सक्ने नेताहरु बताउँछन् ।

आठौं अधिवेशनबाट निर्वाचित दुई उप सचिवमध्ये कर्ण बहादुर चन्द सचिवका उम्मेदवार छन् । अर्का उप सचिव फैरु तामाङ्ग एमाले सदुुरपश्चिम प्रदेश कमिटी सदस्य भएका छन् ।

उप सचिवका उम्मेदवारमध्ये अधिकाँश आठांैं निर्वाचन लडेका छन् । आठांै अधिवेशनमा सबैभन्दा बढी मत ल्याएर सदस्य निर्वाचित चन्द्र बहादुर कार्की उप सचिवका उम्मेदवार छन् ।

उप सचिवका उम्मेदवार कार्की सहित भारमल सुनार, लक्ष्मी भट्ट, राजीव खड्का, केशव चन्द, लोकेन्द्र प्रसाद पन्त, खिमा चन्द, जगत बहादुर सिह आठौ अधिवेशनमा सदस्य लडेका थिए । उनीहरुमध्ये खिमा चन्द र जगत बहादुर सिह बाहेक अन्य सबै सदस्य निर्वाचित भएका हुन् । उप सचिवमा आरपी सार्की र चाँदनी धामी पनि उम्मेदवार छन् ।

अध्यक्षमा कार्य वाहक अध्यक्ष लक्ष्मी बुढा र अशोक चन्द, उपाध्यक्षमा हिरा चन्द, विष्णु कँडेल, जनकराज अवस्थी, विष्णु अवस्थी, सचिवमा पल्लवराज भट्ट, कर्ण बहादुर चन्द, राधाकृष्ण जोशीले उम्मेदवारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...