
भीमदत्त पन्तको शताब्दीऔं जन्म जयन्ति मनाइँदै, बिहीबार विहान माल्यार्पण सहितका कार्यक्रम, त्यसपछि अनाथालयमा खाद्यान्न वितरण

महेन्द्रनगर । भीमदत्त पन्तको एक सयौ जन्म जयन्ती मनाउने तयारी गरिएको छ । भीमदत्त स्मृति प्रतिष्ठानले बिहिबार बिबिध कार्यक्रम गरी जन्म जयन्ती मनाउन लागेको छ ।
कित जोतो हलो, कि त छाड थलो,यदि होइन भने छैन भलो भन्ने नारा सहित भीमदत्त पन्तले सुदूरपश्चिममा तत्कालीन सत्ता बिरुद्ध बिद्रोह गर्दै सशस्त्र क्रान्ति संचालन गरेका थिए ।

डडेल्धुराको करिगाउमा एक सय बर्ष अघि जन्मिएका पन्तको २०१० साउन १७ गते तत्कालीन सरकारले गोली हानेर हत्या गरेको थियो ।

बिहिवार जन्म जयन्ती अवसरमा बिहान प्रतिष्ठान कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम र साझ अनाथालयमा खाद्यान्न बितरण गरिने प्रतिष्ठानका अध्यक्ष हरि प्रसाद जोशीले बताए ।
जन्म जयन्तीको पूर्व सन्ध्यामा कार्यालय परिसरमा सरसफाई गरिएको छ ।
प्रतिष्ठानका सचिव कर्ण बहादुर चन्दले बिगतदेखि जन्म जयन्ती मनाउदै आएको बताए ।
भीमदत्त पन्तको सम्मानमा २०६६ मा तत्कालिन महेन्द्रनगर नगरपालिकालाई भीमदत्त नामाकरण गरिएको थियो ।
