

महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशनको निर्वाचन तालिका फेरि हेरेफेर भएको छ । आइतबार साँझसम्म उम्मेदवारी फिर्ताको समय लिएर सार्वजनिक सूचना सोमबार विहान ७ बजेसम्मका लागि सारिएको हो ।
अध्यक्ष मण्डलले सहमतिको प्रयास जारी राखेपछि निर्वाचन तालिका सारिएको हो । नवौ अधिवेशनमा शनिबारदेखि शुक्रबार साँझदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो ।


एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार सर्वसम्मत जिल्ला अधिवेशन चयनका लागि निर्वाचन कार्य तालिका हेरफेर हुँदै आएको हो । सोमबार विहानसम्म उम्मेदवारी फिर्ताको समय दिएर फेरि तालिका संशोधन गरिएको छ ।
निर्वाचन समितिले आइतबार विहान उम्मेदवारी फिर्ताको समय राखेको थियो । निर्वाचन मण्डलले सहमतिका लागि समय मागेपछि सारिएको थियो ।
आइतबार निर्वाचन मण्डलका अध्यक्ष सहित सदस्यहरु धनगढी गएका छन् । एमाले अध्यक्ष ओली डडल्धुरा अधिवेशन उद्घाटनका लागि धनगढी पुगेपछि नेताहरु धनगढी गएका छन् ।
अध्यक्ष ओलीले नवौ अधिवेशन बिहीबार उद्घाटन गर्दै सहमतिको अधिवेशन बनाउन निर्देशन दिृएका थिए । अध्यक्ष मण्डलका सदस्य सहित नेताहरु अधिवेशन सर्वसम्मत बनाउन छलफल जारी राखेका छन् ।

