ghar sansar

चुनाव नहुने भएपछि घर फर्किन थाले एमाले जिल्ला अधिवेशन प्रतिनिधि

Amity

महेन्द्रनगर । एमाले नवौ अधिवेशनमा सर्वसम्मत कमिटी घोषणा हुने भएपछि प्रतिनिधिहरु घर फर्किन थालेका छन् । अध्यक्ष मण्डलले आइतबार राति पदाधिकारीमा सहमति जुटाएपछि सर्वसम्मत जिल्ला कमिटी घोषणा गर्न लागिएको हो ।

चार दिनसम्म चुनावको आशमा बसेका प्रतिनिधि सर्वसम्मत घोषणाको तयारीपछि घर फर्किन थालेका छन् । आइतबारसम्म प्रतिनिधिको भीडभाड भएको एमाले पार्टी कार्यालय सोमबार विहानदेखि प्रतिनिधि घर फर्किन थालेका हुन् । घर फर्कन प्रतिनिधिहरु पार्टी कार्यालयमा बसि रहेका छन् । सर्वसम्मत घोषणा विरुद्ध केही प्रतिनिधिले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् ।

lotus institite

केही प्रतिनिधिले विहान निर्वाचन कार्यालयमा धर्ना दिएका छन् । विहान चुनावका लागि हस्ताक्षर संकलन गरिएको छ । अध्यक्ष मण्डलको सहमतिलाई लिएर प्रतिनिधहरु पक्ष र विपक्ष दुबैमा बाँडिएका छन् ।

एमालेका युवा नेता अक्कल बहादुर विष्टले सबै नेता कार्यकर्ताले पार्टी निर्णयलाई मान्नु पर्ने बताए । ‘निर्णय जे जस्तो भए पनि त्यसलाई सबैले मान्नु पर्छ’ उनले भने ।

नवौ अधिवेशनका पदाधिकारीका उम्मेदवारलाई हेरेफेर गरी सहमति गरिएको हो । आइतबार पदाधिकारीका सबै उम्मेदवारलाई बोलाएर उम्मेदवारी फिर्ता लिने प्रतिवद्धता गराएपछि अध्यक्ष मण्डलले पदाधिकारी टुङ्गो लगाएको हो ।

Himal dental
सम्बन्धित
Loading...