ghar sansar

देउवाको गृह जिल्ला पुगेर ओलीले भने –शेरबहादुर जीले जित्ने तरिका खुलेआम पैसा बाँड्नु हुन्छ, त्योभन्दा बढी के भनम्

Amity

महेन्द्रनगर । एमाले अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरामा पैसा बाँडेर चुनाव जित्ने गरेको आरोप लगाएका छन् ।

सोमबार परशुराम नगरपालिकाको रंगमैदान जोगबुढामा एमाले डडेल्धुराको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले देउवाले चुनावका बेला खुलेआम पैसा बाँड्ने गरेको आरोप लगाएका हुन् ।

lotus institite

‘नेकपा एमाले यहाँ दुई कारणले हार्छ। एउटा शेरबहादुर जीले जित्ने तरिका उहाँ खुलेआम पैसा बाँड्नु हुन्छ। टेलिभिजनले खुलेआम देखाएको हुन्छ,’ उनले भने, ‘सत्ताको दुरुपयोग गरेको हुन्छ । त्योभन्दा बढी के भनम् ।’
त्यसैमा थप्दै उनले भने, ‘सागर भन्ने एउटा बावु आएका थिए । तिनलाई समर्थन गर्न देखेको थिए, मिस पवि भन्ने। मिस पविले जोड गरेकै हुन् । विचारा एउटी मिस पवि के गरून्।’

उनले डडेल्धुरामा एमालेको उम्मेदवार नउठेपछि जित्ने कुरा नभएको बताए । उनले अब नेकपा एमाले डडेल्धुराले कसैलाई सघाउन जानेभन्दा पनि एक्लै लड्ने जित्ने कार्य गर्ने जिकिर गरे ।

‘रोष्टमबाट मैले मेरा मित्र शेरबहादुर जीलाई सोधे, ‘शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुँदा देशका लागि गरेको एउटा राम्रो काम बताउनुस् त ?’ तर, उहाँले जवाफ फर्काउन सक्नु भएन,’ अध्यक्ष ओलीले भने, ‘काँग्रेसका नेता सत्ताजीवी, चिरञ्जीवी र बुढेसकालसम्म नेतृत्व पाइरहुन।’

उनले आफू प्रधानमन्त्री हुँदा देशमा धेरै राम्रो काम भएको दाबी गरे। पुरानो गठबन्धनले देशको आर्थिक अवस्था कमजोर भएको उनको जिकिर छ ।

प्रधानमन्त्री हुँदा देशभर तीन सय ९६ अस्पतालको शिलान्यास गरेको स्मरण गर्दै उनले परशुराममा अस्पताल भएको कारण नपरेको र आलितालमा परेको बताए ।

‘शेरबहादुरजी मेरो पुरानो मित्र । पुरानो मित्रको गाउँपालिकामा पनि एउटा अस्पताल बनाउ भनेर राखेको थिए । केपी ओलीले हालेको कार्यक्रम भनेर हटाइदिनु भयो,’ उनले भने, ‘त्यहाँको अस्पतालमा म सिटामोल ल्याउन जाने होइन नी त्यहाँका जनताले उपचार पाउँथे । अब गन्यापधुरामा एउटा अस्पताल बनाउँछु । यो कुरा शेरबहादुरजीले सुन्नु हुन्छ ।’
उने किसान सहिद भीमदत्त पन्तको हत्या काँग्रेसले गरेको दाबीसमेत गरे ।

Himal dental
सम्बन्धित
Loading...