एमाले कञ्चनपुरका पदाधिकारीलाई मध्यरातमा शपथ, फूलमाला लगाएर ओलीले दिए बधाई

महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशनबाट निर्विरोध पदाधिकारीले सोमबार राति पद तथा गोपनियताको शपथ खाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जिल्ला अध्यक्ष सहित पदाधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

होटेल ओपेरामा आयोजित कार्यक्रममा एमाले केन्द्रीय आयोगका सदस्य मनोज खड्काले अध्यक्ष लक्ष्मी बुढालाई शपथ खुवाए । त्यसपछि अध्यक्ष बुढाले कमिटीका उपाध्यक्ष सचिव र उप सचिवलाई शपथ ग्रहण गराएकी हुन् ।

नवौ अधिवेशनबाट अध्यक्ष बुढा सहित उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट र उप सचिवमा राजीव खड्का र अशोृक कमाुर चन्द निर्विरोध भएका हुन् ।

अध्यक्ष मण्डलले पदाधिकारीका सबै उम्मेदवारसित बसेर छलफल गरी सहमति गरेपछि अन्यले उम्मेदवारी फिर्ता लिएपछि उनीहरु निर्विरोध भएका हुन् । अध्यक्ष ओलीले उनीहरु सबैलाई फूलमाला लगाएर बधाई दिएका छन् । 

शपथ ग्रहण कार्यृक्रममा अध्यक्ष ओलीले पार्टीलाई मिसन ८४ का लागि केन्द्रित गर्न निर्देशन दिए । उनले गुटबन्दीले पार्टी कमजोर हुने भएकाले जिल्ला कमिटी सहित सबै नेताले पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।
जिल्ला कमिटीका सदस्यहरुको शपथ भने अर्को दिन गरिने भएको छ ।

सम्बन्धित
Loading...