ghar sansar

विवाद होइन सहमति

अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएकाको एमाले कञ्चनपुरको नवौ अधिवेशनमा चुनाव हुनु पर्ने माग गर्दै प्रतिनिधिहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् । अध्यक्ष मण्डलले सर्वसम्मत जिल्ला कमिटी घोषणाको तयारी गरेपछि प्रतिनिधिहरुले तालाबन्दी गरेका छन् । आन्तरिक रुपमा दुई समुहमा विभाजन रहेको नेकपा एमाले कञ्चनपुरमा यस पटकको अधिवेशनले गुटबन्दीलाई छताछुल्ल पारेको छ । एमाले भित्र सुरुदेखि नै के.पी.ओली र माधव कुमार नेपाल समुहमा विभाजित थिए । माधव कुमार नेपालले पार्टी फुटाएर सामाजवादी पार्टी बनाए पनि एमाले भित्रको विभाजनको रेखा मेटिन सकेन ।

पार्टी विभाजन भएको बेला सामाजवादीमा लागेका धेरै नता कार्यकर्ता पुनःएमालेमै पकिएका थिए । तर सामाजवादीमा गएर फर्किएकाहरुलाई पार्टीभित्र हेर्ने दृष्टिकोण फरक रह्यो । उनीहरुले एमाले भित्रैरहेको एउटा खेमालाई सहयोग गर्ने र अर्को खेमा जुन शक्तिसाली खेमा ओलीको आशिर्वाद प्राप्त थियो त्यो खेमासंग दुरी बनाए पछि यो संघर्षले निरन्तरता पाएको छ । अहिले सामाजवादीमा गएर फर्किका मात्र नभएर विगतमा माओवादी भएकाहरु पनि एमाले भित्र छन् । उनीहरुलाई पनि एमाले भित्र हेर्ने दृष्टिकोण फरक छ । पार्टी विभाजन हुदा एमालेमै रहेकाहरुबीच पनि बर्षै देखिको विवाद काएमै रहेको थियो । त्यसैमा माओवादी र सामाजवादीबाट आएकाहरुले आगोमा घ्यु थप्ने काम गरेको छ ।

नवौ अधिवेशनमा सहमतिको लागि बनाइएको अध्यक्ष मण्डलले पदाधिकारीमा सहमति गरेपछि विहान प्रतिनिधिले चुनाव हुनु पर्ने माग राखेर निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको हुन । अधिवेशनमा सचिवका उम्मेदवार कर्ण बहादुर चन्दको नेतृत्वमा तालाबन्दी गरिएको छ । तालाबन्दीपछि चन्द सहित प्रतिनिधि निर्वाचन कार्यालयको ढोकामा धर्ना बसेका छन् । नेकपा एमाले कञ्चनपुरमा बबण्डर मच्चिएको यो पहिलो घटना होइन । यो भन्दा अघिका अधिवेशनहरुमा पनि यस्तै बबण्डर मच्चिै आएको इतिहास छ । पार्टीको अधिवेशहरुमा मात्र नभएर भातृसंगठनहरुको अधिवेशनहरुमा पनि यस्तै हुदै आएको हो । सबै खाले अधिवेशनहरुमा अध्यक्ष ओलीको निर्देशनअनुसार गर्नु पर्ने बाध्यात्मक अवस्था पार्टी भित्र छ । अध्यक्ष ओलीको निर्देशनअनुसार नै एमालेको पार्टी सञ्चालन हुने र ओलीको समर्थन नभए नेता भीम रावलको अवस्थाको सामना गर्नु पर्ने भएकोले समय लम्बिए पनि अधिवेशन ओलीकै निर्देशनअनुसार हुनमा दुईमत छैन ।

एमाले भित्रको विवाद र बबण्डर मच्चिने कुरोको यस अधि साउनमा भएको नेकपा एमालेको भ्रातृ संगठन युवासंघको जिल्ला अधिवेशनमा भीमदत्त नगरपालिका वाडा १८ का अध्यक्ष रविन्द्र देवकोटाको टाउको फुटाएको घटनाले पनि पुष्टि गरेको थियो । नेकपा एमालेको भ्रातृ संगठन युवासंघको जिल्ला अधिवेशनमा कार्यकर्ताबीच विवादको क्रममा भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष माथि कुटपिट भएको छ । विवाद चर्किएपछि अध्यक्ष रविन्द्र देवकोटामाथि हातपात हु“दा उनी घाइते भएका थिए । वडाध्यक्ष रविन्द्र देवकोटा माथि कुटपिट गर्ने ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा पनि दर्ता भएको थियो । त्यसैले यस्ता विवाद एमालेको लागि नोलो नभए पनि पार्टीको लागि घातक सिद्ध हुन सक्छ । त्यसैले विवाद होइन सहमति खोज्ने काममा सबै पक्ष जिम्मेवार बन्नु उचित हुनेछ ।

Himal dental
सम्बन्धित
Loading...