महेन्द्रनगर । महाकाली साहित्य संगमका अध्यक्ष हरिश प्रसाद जोशी सहित दुई जना साहित्यकार भारतमा सम्मानित भएका छन् ।
मनमुक्त मानव मेमोरियल ट्रस्टले भारतमा आयोजना गरेको अन्तर्राष्ट्रिय नागरी लिपी सम्मेलनमा अध्यक्ष जोशी र शारदा विद्यापिठका प्राध्यापक मोहन प्रसाद चौधरीलाई सम्मान गरिएको छ ।
नेपालबाट संगम अध्यक्ष जोशी चौधरी सहित विभिन्न भारत, थाइलेण्ड,अष्ट्रेलिया, निदरल्याण्डस, कोष्टारिका, क्यानडा लगायतका देशका साहित्यकार, लेखक, स्रष्टा सहभागी भएका छन् । कार्यक्रममा अन्य देशका सहभागीहरुलाई पनि सम्मान गरिएका थियो ।
महाकाली साहित्य संगमका अध्यक्ष जोशीको अध्यक्षतामा कार्यक्रममा अन्तर्राष्ट्रिय हिन्दी संगठन असन(नेदरल्याण्डस) का अध्यक्ष डा. ऋतु शर्मा प्रमुख थिए ।