ghar sansar

राप्रपा विद्यार्थी संगठनको जिल्ला अधिवेशन चैत १९ गते

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरको जिल्ला अधिवेशन चैत १९ गते महेन्द्रनगरमा हुने भएको छ । अधिवेशन आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक प्रेम रावलले अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट सहित तयारीका काम अघि सुरु गरिएको बताए ।

,orning glory badhai
dirghayi clinic

उनले सुदूरपश्चिम विश्वविद्यालय सहित विभिन्न क्याम्पस र विद्यालयहरुबाट अधिवेशनमा प्रतिनिधिहरु सहभागी हुने जानकारी दिए ।

अधिवेशन उद्घाटनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसित कुराकानी भई रहेको भए पनि निश्चित नभएको रावलले बताए ।

अधिवेशनमा राप्रपाका सुदूरपश्चिम इन्चार्ज ज्ञानेन्द्र शाही, विद्यार्थी संगठनका प्रदेश अध्यक्ष लगायतका नेताहरु सहभागी हुने निश्चित भएको जानकारी दिइएको छ ।

Himal dental
सम्बन्धित
Loading...