कुटपिटबाट बेलौरीका मगरको मृत्यु, दुई जना विरुद्ध किटानी जाहरी

महेन्द्रनगर । बेलौरी नगरपालिका–१ का सुवास मगरको कुटपिटबाट मृत्यु भएको छ । प्रहरीका अनुसार उनीमाथि गत आइतवार कुटपिट भएको थियो ।

कुटपिटपछि उपचारका लागि उनलाई धनगढी ल्याइएकोमा मगरको सोमबार निर्सग अस्पतालमा मृत्यु भएको हो ।

उनको हत्या गरेको अभियोगमा स्थानीय टेकबहादुर चन्द र कृष्ण चन्द विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ ।

सम्बन्धित
Loading...