ghar sansar

एमाले कञ्चनपुरको सर्वसम्मतिमा पनि देखिन थाल्यो असन्तुष्टि, स्वतन्त्र बस्ने पूर्व जिल्ला कमिटी सदस्य साउँदको घोषणा

dirghayu ad

महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशनबाट निर्विरोध निर्वाचित सदस्यहरुले पद तथा गोपनियताको शपथ खाएपछि नेता कार्यकर्ताले असन्तुष्टि पोख्न थालेका छन् ।

आठौं अधिवेशनबाट सदस्य निर्वाचित लक्ष्मी साउँदले स्वतन्त्र बस्ने घोषणा गरेकी छन् । उनी नवौ अधिवेशननमा सदस्यको उम्मेदवार थिइन् । अध्यक्ष मण्डलले उम्मेदवारी फिर्ता गरी सर्वसम्मत जिल्ला कमिटी घोषणा गरी शुक्रबार शपथ खुवाएको हो ।

ratnam malkhad

पूर्व जिल्ला कमिटी सदस्य साउँदले शुक्रबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट स्वतन्त्र बस्ने घोषणा गरेकी छन् । उनले फेसबुकमा कालो पृष्ठूभमि बनाएर आजबाट स्वतन्त्र भएको दिन भनेर स्टेटश लेखेकी छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरको लामो समय नेतृत्व गरेकी साउँद दुई वर्ष अघि आठौं अधिवेशनबाट जिल्ला सदस्य निर्वाचित भएकी थिइन् ।

स्थानीय तह निर्वाचन र आम निर्वाचनमा उनी सक्रिय रुपमा खटिएकी थिइन् । साउँद एमालेको केन्द्रीय वन तथा वातावरण विभाग सदस्य छन् ।

Himal dental
सम्बन्धित
Loading...