ghar sansar

एमालेमा ३२ वर्ष कुरेर जिल्ला सदस्य भएका मदन कुमार भण्डारी, भन्छन्– पार्टीलाई बलियो बनाउन लाग्छौ

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा एमाले विद्यार्थी संगठनमा जोडिएका मदन कुमार भण्डारी तीन दशकपछि जिल्ला कमिटी सदस्य भएका छन् ।

भीमदत्त नगरपालिका १० तिल्केनीका भण्डारी नवौ जिल्ला अधिवेशनबाट निर्विरोध जिल्ला सदस्य भएका हुन् । २०४८ मा एमालेका विद्यार्थी संगठन अनेरास्ववियुको विद्यालयमा कमिटी आवद्ध भएका उनी नवौ अधिवेशनबाट सदस्य भएका छन् ।

Anant bahu travels

भण्डारीले शुक्रबार एमाले पार्टी कार्यालयमा सदस्यको शपथ खाएका छन् । शपथपछि उनले नवौ अधिवेशनको सर्वसम्मत मर्म अनुसार कञ्चनपुरमा पार्टीलाई एक ढिक्का बनाउन सधै लाग्ने बताए ।

dirghayi clinic

भण्डारीले कञ्चनपुरमा पार्टीलाई बलियो बनाउने, गतिशिल बनाउने र मिसन ८४ लाई सफल पार्ने लक्ष्य राखेर जिल्ला कमिटी सदस्यमा उम्मेदवारी दिएका थिए ।

एमाले जिल्ला कमिटीमा उनी भीमदत्तको भूगोलबाट जिल्ला सदस्य भएका छन् । जिमुवास्थित सिद्धनाथ माविमा अनेरास्ववियु इकाई कमिटी सचिव भएर राजनीति थालेका उनले भारतको देहरादुनस्थित डिएभी कलेजमा अध्ययनका गर्दा अखिल भारतीय नेपाल स्ववतन्त्र विद्यार्थी युनियन (अभाने स्ववियु) मा आवद्ध भएर राजनीति गरेका थिए ।

भण्डारीले देहरादुनको डिएभी कलेजबाट स्नातक गरेका हुन् । डिएभीमा पढेका दोधारा चाँदनका राजीव खड्का उप सचिव भएका छन् । कलेजमा खड्का भण्डारी भन्दा सिनियर हुन् ।

देहरादुनबाट स्नातक उत्तीर्ण गरी काठमाडौ आएर उनले अध्ययनलाई निरन्तरता दिएका हुन् । काठमाडौंमा स्नातकोत्तर अध्ययन गर्दा कञ्चनपुर काठमाडौं सम्पर्क मञ्चमा आवद्ध भएर उनी सचिव र उपाध्यक्ष भएका थिए ।

काठमाडौंमा हुँदा उनी जिल्ला कमिटी सरहको महाकाली अञ्चल सम्पर्क कमिटीको आर्थिक विभाग प्रमुख भएर जिम्मेवारी वहन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...