महेन्द्रनगर । एमालेको उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरका उपाध्यक्ष राजेन्द्र आग्री खुल्लाबाट एमाले जिल्ला कमिटी सदस्य निर्विरोध भएका छन् ।
आठांै जिल्ला अधिवेशनमा खुलाबाट सदस्य निर्वाचित उनी नवौमा निर्विरोध सदस्य भएका छन् । उनी भीमदत्त नगरपालिकाको भूगोल खुल्लाबाट सदस्य भएका हुन् ।
एमाले कञ्चनपुरमा खुलाबाट जिल्ला कमिटी सदस्य हुने आग्री भएका हुन् । जिल्ला कमिटीमा उनी सहित तीन सदस्य खुलाबाट आएका हुन् ।
आग्रीले नवौ अधिवेशनमा उप सचिवमा दावी गरेका थिए । पछि सर्वसम्मत समिति चयनको प्रयास अघि बढेपछि उनी सदस्यका उम्मेदवार भएका हुन् ।
तत्कालिन नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर एमाले भएका आग्री आठांैमा धेरै मत ल्याएर सदस्य निर्वाचित भएका थिए ।
भीमदत्त नगरपालिका ६ का आग्रीले दलित समुदायलाई भोट लागि मात्र प्रयोग गर्ने पुरानो चलन तोड्ने भन्दै उप सचिव लड्ने घोषणा गरेका थिए ।
एमालेको नवौ अधिवेशनबाट निर्वाचित हुने १ सय २० सदस्यीय जिल्ला कमिटीमा दलितलाई समावेशी क्षेत्रबाट १२ जनाको कोटा छुट्याइएको थियो । अधिवेशनको बन्द सत्रमा दलित समुदायका प्रतिनिधिले कोटा बढाउनु पर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
आठौं जिल्ला अधिवेशनमा सदस्य निर्वाचित भएका आग्री २०७९ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका ७ को इन्चार्थ थिए । भीनपा ७ मा एमालेले अध्यक्ष सहित केही सदस्य जितेको थियो ।
एमाले जिल्ला कमिटी समावेशीबाट किशोर चुुनारा, टिकाराम सार्की, तेज बहादुर बिक, रमेश सिह तिरुवा, विष्णु विक, हिरा लुहार, कुमारी सरिता दमाई, गुड्डु देबी दमाई, पार्वती लुहार र ममता कुमारी टमटा सदस्य भएका छन् ।
एमाले जिल्ला कमिटीका सदस्य भारमल सुनार र आरपी सार्की पुनर्वास भूगोलबाट खुल्लाबाट सदस्य भएका छन् ।