ghar sansar

शुक्लाफाँटामा खरमुक्त छाना बनाउन अनुदान

janjyoti campus

महेन्द्रनगर । गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलव्ध गराएको छ । पराल, खर,स्याउला र टायलका छाना भएका घरमा जस्तापाता राख्न सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अनुदान प्रदान गरिएको हो ।

dirhayu

कार्यक्रमअन्र्तगत छाना फेर्न निवेदन दिएका दुई सय ५४ परिवारलाई अनुदानको रकम बैंक मार्फत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। पहिलो चरणमा प्रथम किस्तावापत एक सय ११ परिवार, दोश्रो चरणमा ५५ परिवार र तेश्रो चरणमा ८८ परिवारलाई रु ३० हजारका दरले अनुदान रकम उपलव्ध गराइएको हो ।

western public academy

छाना फेर्न अधिकतम  ५० हजार दुई किस्ताका रुपमा उपलब्ध गराउने प्रावधान अनुसार पहिलो किस्ता वापत सो रकम प्रदान गरिएको हो ।

सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएकामध्येबाट पराल, खर, स्याउला, टायलको छानो भएकालाई आगो, पानी तथा हुरीबाट प्रभावित हुनसक्ने भएकाले अनुदानको व्यवस्था गरेको जनाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...