ghar sansar

बैतडीमा तीन दिन सजायका लागि तीन जना पक्राउ

Amity

महेन्द्रनगर । बैतडीमा जबरजस्ती करणी र सार्वजनिक कसुर बिरुद्धको मुद्दामा फरार बैतडीका तीन जना दोषी पक्राउ परेका छन् ।

तीन दिन कैद सजाय ठहर भई फरार रहेका बैतडीको सिगास गाउँपालिका–३ बस्ने अमर सिह धामी, मनोज सिह धामी र सोही मुद्दामा ५ दिन कैद सजाय ठहर भई फरार रहेका राजेन्द्र सिह धामीलाई सोमवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

lotus institite

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको र फैसला कार्यान्वयनको लागि तीनै जनालाई अदालत समक्ष पेश गरिसकेको केसीले बताए  ।

Himal dental
सम्बन्धित
Loading...