ghar sansar

कञ्चनपुर समन्वय समितिमा दुई हाकिम, एउटा विदामा, अर्का भीमदत्तमा

Amity

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरमा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरि समन्वय अधिकारी भएका छन् । समन्वय समितिका निमित्त समन्वय अधिकारी पदमराज जोशी विदा बसेपछि भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम समन्वय अधिकारीको जिम्मेवारी दिइएको छ ।

समन्वयका निमित्त समन्वय अधिकारी जोशी दुई महिने विदा लिएर अमेरिका गएका छन् । उनी अमेरिका गएपछि कार्यालयका सुब्बा ललिता रोकायालाई निमित्तको जिम्मेवारी दिइएको थियो ।

lotus institite

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत बमलाई चैत २ गतेदेखि समन्वय अधिकारीको जिम्मेजारी दिइएको हो । उनी दुई महिना अघि मात्रै भीमदत्त आएका हुन् ।

निमित्त समन्वय अधिकारी जोशी विदा बसेपछि रोकायालाई आर्थिक अधिकार बाहेक जिम्मेवारी दिइएको थियो । उनलाई आर्थिक अधिकार दिन सकिने व्यवस्था हुँदाहुँदै पनि समन्वय प्रमुख दुर्गादत्त बोहराले भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत बम जिम्मेवारी दिएका हुन् ।

यस अघि भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले समन्वय अधिकारीको जिम्मेवारी निर्वाह गरेका थिए । बेल्डाँडी गाउँपालिकाबाट सरुवा भएर आएपछि जोशीलाई निमित्त समन्वय प्रमुखको जिम्मेवारी दिइएको थियो ।

समन्वय अधिकारीको जिम्मेवारी पाएपछि भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत बम केही दिन अघि समन्वय समितिको बैठकमा सहभागी भएका छन् । उनले जिम्मेवारी पाएपछि जनप्रतिनिधि र कर्मचारीलाई तलब भत्ता खुवाएका छन् ।

समन्वय प्रमुखको जिम्मेवारी सम्हाले पनि बम काम भएपछि मात्रै समन्वय जाने गरेका छन् । अहिले पनि समन्वय समिति प्रमुखको कार्यकक्ष बाहिर निमित्त समन्वय प्रमुख जोशीको नेम प्लेट लगाइएको छ ।

समन्वय प्रमुख बोहराले सुरुदेखि आफू अनुकूल प्रमुख खोज्दै आएका छन् । उनी समन्वय प्रमुख भएको केही दिनपछि तत्कालिन समन्वय प्रमुख खेमप्रसाद चौधरीसित विवाद भएको थियो । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालययमा चौधरीको सरुवा गरिएको थियो ।

चौधरीपछि जोशीलाई जिम्मेवारी दिइएको थियो । उनको बेलडाँडी सरुवा भएपछि भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत गौलीलाई जिम्मेवारी दिएर कार्यालय सञ्चालन गरिएको थियो ।

झण्डै डेढ वर्षपछि जोशी फेरि समन्वय आएपछि उनलाई निमित्त समन्वय प्रमुखको जिम्मेवारी दिइएको थियो ।

समन्वय प्रमुख कार्यालयका स्रोत साधन र कर्मचारी दुरुपयोग गरेको आरोपमा पनि मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिना अघि कर्मचारी र स्रोत साधन दुरुपयोगमा उनलाई कारवाही गर्न प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

अहिले पनि समन्वयमा अख्तियारले विभिन्न विषयमा चिठी पठाउँदै आएको छ । समन्वय स्रोतका अनुसार समन्वय प्रमुख बोहराले कर्मचारीलाई अख्तियारका पत्रको जवाफ नपठाउन मौखिक निर्देशन दिएका छन् । ‘अख्तियारबाट चिठी पत्र आएकै हुन्छ, पठाउनु पर्दैन भनेको छ’ समन्वय स्रोतले भन्यो ।

समन्वयमा दुई प्रमुख प्रशासकीय अधिकृतबारे समन्वय प्रमुख बोहरासित जानकारी दुई दिन कार्यालयमा जाँदा पनि उनीसित भेट हुन सकेन ।

Himal dental
सम्बन्धित
Loading...