

महेन्द्रनगर । एमाले बेदकोट नगर कमिटीले नवौ अधिवेशनमा निर्वाचित कमिटीका पदाधिकारी र बेदकोटका जिल्ला कमिटी सदस्यलाई सम्मान गरेको छ ।

एमाले पोलिटब्युरो सदस्य सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलको प्रमुख आतिथ्यमा कार्यक्रम गरी पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्वय नर बहादुर धामी र कृपाराम राना लगायतका नेताहरु सहभागी भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रावल सहित केन्द्रीय सदस्यले निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई दिँदै टिका र खादा लगाएर सम्मान गरेको एमाले जिल्ला कमिटी सदस्य हरिश भाटले बताए ।

