Sarsoti

सम्पर्कमा आइन् धनगढी उप महानगरका मेयर हमालकी छोरी

lotus institute

महेन्द्रनगर । भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । सोमवारदेखि सम्पर्क विहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन् ।

Mahendranagar

उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिर सहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन् ।

morning glory

उनले भनिन, ‘छोरी गोवामै रहेछ। एक विदेशी केटीले फोटो हालेपछि अमेरिकामा भएकाले सम्पर्क गर्नु भयो । छोरी र ज्वाई पुग्नु भएको छ।’ उनी सम्कर्पमा आएपछि बैनी आरजु उनका श्रीमान रीतेज भट्ट गोवा पुगेका हुन ।

नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमवारदेखि सम्पर्क विहीन भएकी थिइन । उनी ओशो साधक हुन।ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

saark school
सम्बन्धित
Loading...