ghar sansar

शिवनाथका निवर्तमान उपाध्यक्ष कुश्मा चन्द भन्छिन्–म विरुद्ध नियोजित षडयन्त्र भयो, सह्य हुँदैन

khasi

महेन्द्रनगर । बैतडीको शिवनाथ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कुश्मा चन्दले आफू विरुद्ध नियोजित रुपमा प्रहार गर्न थालिएको बताएकी छन् । महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी उनले बदनाम गर्न नियोजित षडयन्त्र गरिएको बताएकी हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्ष निर्वाचित चन्द दुई वर्ष अघि एमाले छाडेर काँग्रेस प्रवेश गरेकी थिइन् । उनीमाथि एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनमा असहयोग गरेको आरोप लगाएको थियो ।

Anant bahu travels

‘म कुश्मा चन्द २०७४ को चुनावमा उपाध्यक्ष निर्वाचित । ममाथि नियोजित रुपमा षडयन्त्र गरी समाचार आएका छन्’ पत्रकार सम्मेलनको सुरुवातमै उनले भनिन् ।

राजनीतिक रुपमा आफूमाथि प्रहार गरिएको भए पनि आफूले त्यसलाई स्वभाविक रुपमा लिएको उल्लेख गर्दै उनले आफ्नाबारे एकतर्फी आएका समाचार बारे आपत्ति व्यक्त गरिन् ।

dirghayi clinic

‘यो मप्रति राजनीतिक प्रहार हुनु स्वभाविक नै हो, कसैले एकतर्फी रुपमा मलाई एक शब्द नसोधेर समाचार आउँछन् भने त्यो कसैले बनाउनु लगाएकै हो’ उनले भनिन्,‘यसलाई सहन सकिदैन, कानुनी लडाईमा जान्छु, यसका लागि परामर्श गरि रहेकी छु ।’

अनलाइनहरुमा प्रकाशित समाचारमा आफूमाथि लगाइएका भक्तपुरमा घर जग्गा किनेको, स्काभेटर किनेको र ससुराको नाममा घर बनाएर पास गरेको लगायतका सबै आरोप गलत भएको पत्रकार सम्मेलनमा चन्दले बताइन् ।

‘यी आरोपमा निष्पक्ष रुपमा अनुसन्धान होस, अनुसन्धान गरि दिनु प¥यो’ उनले भनिन् ।

निवर्तमान उपाध्यक्ष चन्दले आफूलाई राजनीतिक रुपमा कमजोर बनाउन अपवाह फैलाउन थालिएको बताइन् । ‘अहिले म त्यो वा त्यो भन्दैन, जो भए पनि मलाई राजनीतिक रुपमा कमजोर बनाउने नियतले नै हो’ उनले भनिन् ।

पत्रकार सम्मेलनमा उनले केही दिन अघि आफूलाई एमाले नेताबाट पार्टीमा फर्किन अफर आएको बताइन् । ‘त्यो बेला तपाईको केही कमजोरी थिएन, अहिले पनि तपाई एमाले विरुद्ध गतिविधिमा लागेको देखिएको छैन लगायतका कुरा भयो’ उनले भनिन् ।

अहिले उनी काँग्रेस बैतडीको जिल्ला सदस्य छन् । शिक्षण पेशा छाडेर चन्द २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्ष उम्मेदवार भएर निर्वाचित भएकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...