ghar sansar

भीमदत्तमा वडा सदस्यले लेखालाई थर्काएपछि भुक्तानी रोकियो, वडा अध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतसित छलफल

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले वडा कार्यालयको भुक्तानी रोकेपछि वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाले प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमसित कार्यकक्षमा छलफल गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत बमले भुक्तानी निकासाका लागि सहज वातावरण बनाउने आश्वासन दिएका छन् ।

भीनपा १८नं. वडा कार्यालययले विपद् व्यवस्थापन शीर्षक अन्र्तगत गरेको खर्च रकम भुक्तानीका लागि १० दिन नगरपालिका कार्यालयमा भुक्तानी दिएको थियो । भुक्तानी रोकिएपछि बुधबार वडा अध्यक्ष देवकोटाले प्रमुख प्रशासकीय अधिकृत बमलाई कार्यकक्षमा गएर छलफल गरेका छन् ।

भीनपा १८ का वडा सदस्यले लेखापाललाई दबाव दिएर भुक्तानी रोक्का गर्न लगाएका थिए । वडा सदस्यको दवावपछि लेखा शाखाले भुक्तानी दिन अस्वीकार गरेको थियो । वडा सदस्यहरुले लेखा शाखालाई भुक्तानी दिए राम्रो नहुने चेतावनी दिएको कर्मचारीहरु बताउँछन् ।

भीनपा १८ का वडा अध्यक्ष देवकोटाले प्रमुख प्रशासकीय अधिकृत बमले भुक्तानी निकासाका लागि सहज वातावरण बनाउने आश्वासन दिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...