Sarsoti

उप निर्वाचनको कुरो

lotus institute

गत निर्वाचनमा नेपाली कांग्रेससंग तालमेल गरेर संसदमा केही सिट ल्याउन सफलभएको नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । आगामी ८४ को निर्वाचनसम्म गठबन्धन बनाएरै निर्वाचनमा जाने भन्दै गरेको नेकपा माओवादी केन्द्रले एक्कासी कांग्रेससंग गठबन्धन टुटाए पछि एक्लिएको छ र लाज बचाउनकै लागि भए पनि उम्मदवारी दिने निर्णयमा पुगेको छ ।

Mahendranagar

कांग्रेससंग गठबन्धन गरिरहदा ठूलो हिस्सेदारी पाउने गरेको नेकपा माओवादी केन्द्रले एमालेसंग गठबन्धन गर्दा दुई ठाउ“मध्य एकमा पनि आफुले नपाउने भए पछि अलगै चुनावमा जाने निर्णय गर्न बाध्य भएको छ । सत्ता साझेदार नेकपा एमालेले इलाम–२ मा नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई र बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरिसकेको छ । नेकपा एमालेले सबै गठबन्धका दलहरुले आप्mना उम्मेदवारलाई सघाउन आदेश जारी गरे पछि नेकपा माओवादी केन्द्र, सजमनजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले अलग अलग उम्मेदवारी दिने भएका छन् । गत निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, सामाजवादीले संयुक्त रुपमा चुनावमा गएका थिए ।

morning glory

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीको अकर्मण्यताको फाइदा उठाउदै सत्तामा आसिन भइरहेका प्रधानमन्त्री प्रचण्डको दल नेकपा माओवादी केन्द्रले एक्लै निर्वाचनमा जाने निर्णयबाट उसले आप्mनो हैसियत थाहा पाउने नै छ र शेरबहादुर जस्तो सोझोलाई छोडेर ओली जस्तो कुटनितिज्ञसंग साइनो जोडेकोमा पनि राम्रो सवक पाउने छन् । नेकपा माओवादी केन्द्रले निर्वाचन एक्लै लडने निर्ण गरे पनि कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरेको छैन । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएकाले र बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि ती दुवै क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ ।

नेकपा माओवादी केन्द्रले सबैले उठाउ“छन् भने हामीले पनि उठाउने भनेर उम्मेदवारी दिने निर्णय भएको बताए पनि कही कतै कसैले तालमेल गर्न र काध थाप्ने गरि अवसर मिल्छ कि भन्ने आसाले उम्मेदवारी दिने निर्णय गरेको हुन सक्छ । नेपाली कांग्रेसले पटक पटक धोका खाएकोले काध थाप्ने सम्भावना न्युन छ । नेकपा एमाले र सामाजवादीले दया देखाए मात्र नेकपा माओवादी केन्द्रको उद्धार हुन सक्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले यस अघि भएको उपनिर्वाचनमा अत्यधिक बहुमतले विजयी भएकाले उसले नेकपा माओवादी केन्द्रलाई काध थाप्ने सँभावना नै छैन । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार उम्मेदवारको नाम टुंगो लगाउने भनेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रदेश समितिले इलाम–२ को उम्मेदवारका लागि केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ । कांग्रेस सभापति देउवाले काध थापेकै कारण अहिले हालिमोहाली गर्न पाएको नेकपा माओवादी केन्द्रले आप्mनो हैसियत थाहा पाउन पनि एक्लै निर्वाचन जानु पर्दछ ।

saark school
सम्बन्धित
Loading...