होली फेमलीका शिक्षक कर्मचारीले होली खेलेर संकलन गरेको रकमबाट अनाथ र ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग
महेन्द्रनगर । होली फेमली इङ्गलिश मिडियम स्कुल र होली ग्रुफ अफ स्कुलका शिक्षक कर्मचारीहरुले होली खेलेर संकलन गरेको रकमबाट अनाथ बालबालिका र ज्येष्ठ नागरिकलाई खाद्य सामाग्री सहयोग गरिएको छ ।
शुक्रबार महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालय र रौटेलास्थित ज्येष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग गरिएको छ ।
ती दुबै स्थानमा चामल, दाल, फलफूल लगायतका सामाग्री सहयोग गरिएको छ । ज्येष्ठ नागरिकलाई खाना समेत खुवाइएको छ ।
अनाथालयमा कोषाध्यक्ष लवराज भट्टलाई समान हस्तान्तरण गरियो । होली फेमली स्कुलका प्रिन्सिपल खडक सिह विष्ट, एसिस्टेन्ट मेनेजेर महादेब भट्ट लगायतले समान हस्तान्तरण गरे ।
रौटेलास्थित वृद्धाश्रममा समान हस्तान्तरणमा विद्यालयका चेयरमेन भुपाल सिह विष्ट लगायतका सहभागी भए । चेयरमेन विष्टले खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरे ।
होली फेमली सहित होली ग्रुअफ स्कुलका शिक्षक कर्मचारीले पाँच दिनसम्म होली खेलेका थिए ।
कार्यक्रममा विद्यालयका चेयरमेन विष्टले अनाथ बालबालिका र ज्येष्ठ नागरिकलाई थोरै भए पनि राहत पुगोस भनेर सहयोग गरिएको बताए ।
‘होली हाम्रो साँस्कृतिक पर्व हो, यसमा मनोरञ्जनसंगै आफ्नै साँस्कृतिक महत्व छ, यस पटक हामी सबै शिक्षक कर्मचारीलेृ होली खेलेर केही रकम संकलन गरी त्यसबाट अनाथलय र वृद्धाश्रममा खाद्यान्न लगायतका समान सहयोग गरेका छौ, यसबाट थोरै भए पनि सहयोग पुगोस भन्ने चाहन्छौ’ उनले भने ।