ghar sansar

ब्युटी पार्लर तालिमको शीर्षकले विभेद गर्न खोजेको भन्दै आलोचना

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ नम्बर वडा कार्यालयले सञ्चालन गरेको तीन महिने ब्युटी पार्लर तालिमको शीर्षकलाई लिएर आलोचना भएको छ । तालिमको शीर्षकमा प्रयोग भएका शब्दले दलित समुदायका महिलालाई विभेद गरिएको भन्दै अलाोचना गरिएको छ ।

वडा कार्यालयले सञ्चालन गरेको तालिमको ब्यानरमा एकल एबम् गैर दलित महिलाहरुका लागि आय मुलक कार्यक्रम अन्र्तगत भनेर राखिएको शीर्षकप्रति असन्तुष्टि व्यक्त गरिएका छन् ।

lotus institite

अधिकारकर्मी अमिर तिरुवाले आफूले ब्यानर धेरै पढ्दा पनि बुझन नसकेको उल्लेख गर्दै यस्तै लेखिएको हो आपत्ति रहेको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘भीमदत्त नपाको मेरो वडामा फड्को, धेरै पटक पढे यो ब्यानर, नमिलेको हो कि कार्यक्रमको शीर्षकमै यहीं हो । शीर्षक न यस्तै हो भने यसमा मेरो घोर आपत्ति छ’ अधिकारकर्मी तिरुवाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

कार्यक्रमको शीर्षकबाट विभेद गर्न खोजिएको स्पष्ट भएकाले वडा कार्यालयले यसलाई सच्याउनु पर्ने बताए । ‘यो पनि विभेद नै हो’ उनले भने ।

वडा अध्यक्ष राम बहादुर बोहरा झकासको अध्यक्षतामा तालिम उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा वडा समितिका सदस्य सहित कर्मचारी सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...